2026-10-16 04:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खारेजीमा परेको म्यानपावरबाट ५ सय २२ राहदानी जफत, २४ लाख लिएको प्रमाण भेटियो

मनोज पराजुली, कात्तिक ६, काठमाडौँ । वैदेशिक रोजगारी विभागले खारेजीमा परेको एक म्यानपावर कम्पनीबाट ५ सय २२ वटा पासपोर्ट जफत गरेको छ । चप्पल कारखानामा रहेको सि लिंक ओभरसिज सर्भिस प्रा .लि बाट विभागले उक्त संख्यामा पासपोर्ट जफत गरेको हो ।

उक्त म्यानपावरले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको, सक्कल राहदानी र रकम फिर्ता नगरेकाले राहदानी र क्षतिपूर्ति रकम दिलाई पाउँ भन्दै विभागमा उजुरी परेको थियो । सो लगत्तै परेपछि गत सोमबार विभागको आकस्मिक अनुगमन टोलीले म्यानपावर भएको घरमा सिलबन्दी गरेको थियो । विभागको टोलि, म्यानपावरका कर्मचारी, महानगरपालिका वडा न ४ सदस्य, घर धनी  र सुरक्षाकर्मीको रोहवरमा बुधबार उक्त घरको गरिएको सिलवन्दी खोलिएको हो ।

वैदेशिक रोजगारमा पठाईदिने भनी सयौं व्यक्तिहरुसँग रकम र राहदानी संकलन गरिरहेको अनुगमन टोलीको प्रारम्भिक अनुसन्धानमा फेला परेको विभागले जनाएको छ। कतारको लागि क्लिनर, पेन्टर, ड्राइभर कामका लागि भन्दै प्रतिव्यक्ति २० हजार देखि १ लाखसम्म रकम लिएको पिडितहरुले बताएका छन् । उनीहरुले बताए अनुसार नै म्यानपावरमा फेला परेको लिखित रेकर्ड मिलेको छ । क्लिनर, ड्राइभर र पेन्टरमा पठाउने भन्दै २४ लाख १० हजार रकम लिएको प्रमाण भेटिएको छ। 

विभाग टोलि म्यानपावर कम्पनीमा पुग्दा सयौंको संख्यामा पीडितहरु म्यानपावर कार्यालय पुगेका थिए । उनीहरुले तत्काल न्याय दिन भन्दै विभाग अनुगमन टोलीलाई आग्रह गरेका छन् तर अनुगमनमा खटिएको टोलीले पासपोर्ट विभागको कार्यालयबाट वितरण गरिने जानकारी दिएको छ, भने फसेको रकमका लागि कानुनी प्रक्रिया अगाडी बढाइने बताएको छ । 

यस भन्दा अघि पनि गत भदौ २४ गते वौद्ध प्रहरीले उक्त प्रा.लि.ले संकलन गरेका करिव १५० जना व्यक्तिहरुको राहदानी सहित प्रा.लिका कर्मचारीलाई वौद्ध क्षेत्रवाट नियन्त्रणमा लिई  विभागमा मानिस सहित राहदानी वुझाएको थियो । जसको हाल विस्तृत अनुसन्धान भैरहेको विभागले जनाएको छ । म्यानपावरका संचालक भनिएका अनिस सुन्दास भन्ने व्यक्ति सम्पर्क विहिन भएका विभागले जनाएको छ। फरार संचालक बिरुद्ध कानूनी कारवाही अघि बढाएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु