2026-10-16 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर कम्पनी विरुद्ध एकै महिनामा ८८ उजुरी दर्ता, २ करोड २ लाख माग दावी

मनोज पराजुली, कार्त्तिक १४, काठमाडौं । बैदेशिक रोजगारीको लागि सस्थागत रुपमा काम गर्दै आएका म्यानपावर कम्पनी विरुद्ध एकै महिनामा ८८ उजुरी परेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको असोज महिनाको मासिक प्रगति विवरण अनुसार म्यानपावर कम्पनी विरुद्ध परेका ८८ उजुरीबाट २ करोड २ लाख ३८ हजार ८ सय ७५ रुपैंया माग दावी गरिएको हो ।  

गत भदौ महिनाको तुलनामा असोज महिनामा सस्थागत उजुरी संख्या केहि घटेको छ । भदौमा १ सय ६७ उजुरीमा ५ करोड १२ लाख ६२ हजार ७ सय ७० रुपैंया माग दावी गरिएको थियो । असोज महिनामा विभागबाट निर्णय भई ५ वटा संस्थालाई ५ लाख रकम जरिवाना गरिएको छ । तर भदौ महिनामा १४ वटा संस्थालाई १९ लाख ५० हजार रुपैंया जरिवाना गरिएको थियो ।  

श्रम स्वीकृति लिने घटे 

भदौ महिनाको तुलनामा असोज महिनामा श्रम स्वीकृति लिनेको संख्यामा आधा घटेको छ । भदौ महिनामा ३९ हजार ८ सय ४७ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए तर  

असोज महिनामा १९ हजार ४८२ जनाले मात्रै बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । इपिएस अन्तर्गत दक्षिण कोरियाको लागि ६ सय ७७ पुरुष, ३४ महिलागरि ७ सय ११ र अन्य देशका लागि १७ हजार ६ सय ७ पुरुष, १ हजार १६४ महिला गरि १८ हजार ७ सय ७१ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। 

कल सेन्टरबाट आएका सबै उजुरी फरफारक 

श्रम मन्त्रालयमा रहेको कल सेन्टरमा असोज महिनामा १ सय उजुरी परेकोमा विभाग अन्तर्गतका सबै उजुरीहरुको फरफारक गरिएको विभागको तथ्यांकमा उल्लेख छ । साथै यस आर्थिक वर्षका साउन, भदौ र असोज तीन महिनामा कल सेन्टरमा दर्ता भएका २ सय ७२ उजुरीहरुको नै फरफारक गरिएको विभागले जनाएको छ ।

असोज महिनामा २ वटा इजाजतपत्र संस्थाको आकष्मिक अनुगमन गरिएको विभागले जनाएको छ । कामदारसँग तोकिएको भन्दा बढी रकम माग गर्ने आर. के म्यानपावर प्रा. लि र भ्रिन्दित सर्भिस प्रा. लि  गरिएको आकष्मिक अनुगमनको कारवाहीको लागि अनुसन्धान भैरहेको जनाईएको छ ।

व्यक्तिगत ठगीका उजुरी बढ्दो 

विभागमा संस्थागत तुलनामा व्यक्तिगत ठगीका उजुरी बढो क्रममा रहेको पाइएको छ । व्यक्तिगत उजुरीतर्फ असोज महिनामा मात्रै २५ उजुरी परेको छ, जसमा २ करोड २८ लाख ८५ हजार माग दावी गरिको विभागले जनाएको छ। जसमध्ये १८ वटा मुद्दा अदालतमा दायर गरि १ करोड ३७ लाख ८६ हजार विगो दावी गरिएको विभागले जनाएको छ । भदौ महिनामा व्यक्तिगत तर्फ ४८ उजुरी परेकोमा ३ करोड १८ लाख ४७ हजार ४५० रुपैंया माग दावी गरिएको थियो । ४८ उजुरीमध्ये ४० वटा मुद्दा अदालतमा दायर गरि २ करोड ८१ लाख ७८ हजार विगो दावी गरिएको थियो । 

किन बढ्यो व्यक्तिगत उजुरी ?

विभागले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार व्यतिगत ठगीका उजुरी बढ्नुमा खास केहि कारण रहेको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसाल बताउंछन् । हाल खारेजीमा परेका संस्थाहरु, जससँग जोडिएका उजुरी आउने वित्तिकै हिजोका दिनमा संस्थालाई समात्ने गर्थ्यौं तर अहिले संस्थाको ति संस्थाको बैधता रहेन, महानिर्देशक भुसालले भने ‘अब ति संस्थाको उजुरी पनि व्यतिगत तर्फ जाने भएकोले अझ केहि महिना उजुरीको संख्या तीब्र रुपमा बढ्नेछ ।’

कतिपय संथाहरुले पनि आँफु नदेखिने गरि व्यक्तिगत रुपमा विदेश पठाउने काम गरिरहेकोले ठगीका उजुरी बढेको उनले बताए । एजेन्ट खारेजीमा परेका र संस्थातिर पनि आवद्ध नरहेका कारण तिनीहरुबाट ठगिएकाहरुको उजुरी बढेको उनको भनाई छ । 

आगामी दिनमा विभागले प्रत्येक प्रदेशहरुमा सबै स्थानीय तहका जनप्रतिनिधि मार्फत जनचेतनाका कार्यक्रमहरु लैजाने तयारी गरिएको उनले बताए । स्थानीय तह मार्फत सचेतनाका कार्यक्रम लैजाँदैछौं उनले भने ‘जनचेतनाको लागि सहयोग गर्नुपर्यो भनेर जनप्रतिनिधि राखेर कार्यक्रम गर्दैछौं, जिल्ला स्थित कार्यालयलाई पनि समेटेर कार्यक्रम गर्दैछौं, जसले ठगीका घटना रोक्न मद्दत पुग्नेछ ।’ 

संस्थागत तर्फका उजुरी विभागले आफ्नो क्षेत्राधिकार भित्र रही छिटो छिटो फरफारक गरेको तर व्यक्तिगत तर्फका उजुरी अदालत मार्फत मुद्दा दायर गर्नुपर्ने हुँदा समय लाग्ने गरेको भुसालले बताए ।

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु