2026-10-16 09:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको लागि स्वास्थ्य परीक्षणका नाममा श्रमिकबाट लिएको रकम फिर्ता गर्न विभागको निर्देशन

कार्त्तिक १९, काठमाडौं । वैदेशिक रोजगार विभागले मलेसिया रोजगारी जाने कामदारसँग प्रक्रिया नै शुरु नभइ इमिग्रेसन सेक्युरिटी क्लियरेन्स र वायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि रकम लिएको भए फिर्ता गर्न म्यानपावर कम्पनीलाई निर्देश गरेको छ ।

मलेसियामा रोजगारीका लागि कामदार पठाउने सम्बन्धमा वैदेशिक रोजगार विभाग ताहाचलबाट सोमबार साँझसम्म १८ सय कामदारको मात्र पूर्व श्रम स्वीकृति निस्केको तर करिब एक लाख भन्दाबढी कामदारको मेडिकल र जिएसजी भई कामदारसँग ठुलो रकम उठाएको भन्दै म्यानपावर कम्पनीलाई रकम लिएको भए फिर्ता गर्न विभागले भनेको छ ।

रोजगारीका लागि मलेसिया जाने कामदारको वायोमेडिकल स्वास्थ्य परीक्षण गर्दा ४ हजार ५ सय र जीएसजी गर्दा ३ हजार २ सय गरी ७ हजार ७ सय खर्च लाग्ने छ । जुन रकम कामदारले मलेसिया पुगेपछि रोजगारदाताले दिनेछन् । रोजगारीको ग्यारेन्टी नभई अग्रिम आफुखुसी तथा म्यानपावर मार्फत मिलेर वायोमेडिकल स्वास्थ्य परीक्षण र जीएसजी गर्नेहरुको संख्या बढेपछी विभागले सचेत गराएको हो । 

विभागले रोजगारीका लागि मलेसिया जाने कामदारको पूर्व स्वीकृति बमोजिम छनोट भई प्रक्रिया पूरा नहुँदै कुनै पनि व्यक्तिले मेडिकल र जिएसजीका नाममा रकम उठाउन नपाउने भएकाले ती दुबै प्रक्रियामा सहभागी नहुन समेत रोजगार आकांक्षी कामदारहरुलाई आग्रह गरेको छ ।

पूर्व स्वीकृति लिई कामदार छनोट भइसकेपछि मेडिकल र जीएसजी गर्न पठाउँदा पत्र र लट नम्बरसहित पठाउन पनि अनुरोध गरेको छ ।

विभागले जारी गरेको सूचना

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु