Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

म्यानपावरले १/१ लाख लिएपछि श्रम मन्त्रालयको कल सेन्टरमा उजुरी तर भएन कारवाही

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कार्त्तिक २२, काठमाडौं ।</b> बैदेशिक रोजगारीको लागि म्यानपावर कम्पनीले प्रतिकामदार १/१ लाख लिएको भन्दै कल सेन्टरमा उजुरी पर्दा समेत कुनै सुनुवाई नहुने गरेको पाइएको छ । एक पीडित युवाले आँफु ठगीमा परेको भन्दै एक म्यानपावर कम्पनीलाई कारवाहीको माग गरि कल सेन्टरमा उजुरी गरेका थिए तर उजुरी परेको ३ दिनसम्म पनि सुनुवाई नभएको पीडितले साझासबाललाई जानकारी दिएका छन् ।&nbsp;<br></p><p>उक्त म्यानपावर कम्पनीले धेरै संख्यामा युवाहरुलाई ठगी गरेको हुनाले अगुगमन गरि कारवाही गर्न माग गरिएको पीडितले बताएका छन् । म्यानपावर कम्पनीले दिएको १/१ लाखको बिल र कल सेन्टरका कर्मचारीसँग गरिएको कल डिटेल समेत पीडितले साझासबलालाई उपलब्ध गराएका छन् ।&nbsp;</p>