2026-10-16 09:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझा सबाल मिडियाद्वारा श्रमिकका १० हजार जिज्ञासा सम्बोधन

कार्त्तिक २६, काठमाडौँ । साझा सबाल मिडियाले गएको डेढ वर्षमा श्रमिकका १० हजार भन्दा धेरै जिज्ञासाका सम्बोधन गरेको छ । साझा सबाल मिडियाद्वारा संचालित ‘बैदेशिक रोजगार’ मोबाइल एप, टेलिफोन र म्यासेज मार्फत प्राप्त भएका श्रमिकहरुको गुनासा तथा जिज्ञासालाई सम्बोधन गरिएको हो । 

साझा सबाल मिडियाले गत वर्ष जेठ १0 गतेबाट बैदेशिक रोजगार एप संचालनमा ल्याएको थियो त्यस यता राखिएको रेकर्ड अनुसार इमेलबाट ३ हजार ५ सय, टेलिफोनबाट २ हजार ५ सय र फेसबुक म्यासेज मार्फत आएका ४ हजार गरि १० हजार भन्दा धेरै गुनासा तथा जिज्ञासा प्राप्त भएको श्रम रोजगार क्षेत्रमा लेखन गर्दै आएका पत्रकार मनोज पराजुलीले जानकारी दिए । प्राप्त भएका गुनासा तथा जिज्ञासाहरु सबैको समाधान गरिएको उनले बताए । 

कतिपय गुनासा तत्काल सम्बोधन गर्नुपर्ने खालका हुन्छन् पत्रकार पराजुलीले भने ‘त्यस्ता गुनासा तथा उजुरीहरुलाई सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउने गरेका छौं, त्यस उपर  आवश्यक परे सरकारी कार्यालयहरुले तत्काल आकष्मिक अनुगमन गरि कारवाही गरेका छन् ।’  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,  बैदेशिक रोजगार विभाग, श्रम तथा व्यवासायजन्य सुरक्षा विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, बैदेशिक रोजगार बोर्डसंग सम्बन्धित गुनासा तथा जिज्ञासाहरु प्राप्त हुने गरेको पराजुलीले बताए ।  

कस्ता कस्ता समस्या आउंछन् ?

साझा सबाल मिडियामा आउने गुनासमध्ये ५० प्रतिशत भन्दा बढी जानकारी मागिने खालका रहेका छन् । मिडियाले जानकारी भएका कुराहरु तत्काल उपलब्ध गराइने साथै थप जानकारी लिनुपर्ने भएमा सरकारी निकायसंगको समन्वयमा गुनासाहरुको सम्बोधन गरिंदै आएको पराजुली बताउँछन् । अन्य गुनासामध्ये ४० प्रतिशत भन्दा धेरै गुनासा सरकारको बैदेशिक रोजगारीका लागि लागु गरेको सेवा शुल्क कार्यान्वयन नभएको बारे आउने गरेका छन् । त्यस्ता गुनासाहरु आवश्यकता र प्रमाणका आधारमा सम्बन्धित संस्थालाई कारवाही गर्नका लागि बैदेशिक रोजगार विभागको ध्यानाकर्षण गरिंदै आएको उनले बताए । पछिल्लो सयम बैदेशिक रोजगार विभागले सार्वजनिक गर्ने मासिक प्रतिवेदनमा कारवाही सूचिमा समेटिएका संस्थाहरु मध्ये मिडियाले आवश्यक प्रमाण सहित उपलब्ध गराएकाहरुको संख्या उल्लेख्य रहेको पाइएको छ । श्रम मन्त्रालयले नीतिगत रुपमा सुधारका काम गरेपनि तिनको कार्यान्वयन निकै फितलो भएका कारण समस्या बढी आउने गरेको उनको भनाई छ । 

कसरी हुन्छ काम ? 

मिडियामा प्राप्त हुने गुनासाहरुलाई तिनीहरुको प्रकृति र प्रमाणका आधारमा सम्बोधन गर्ने गरिएको उनले बताए । टेलिफोन, फेसबुक म्यासेज र इमेलमा प्राप्त हुने जिज्ञासा तथा गुनासालाई प्राथमिकताका आधारमा २४ घण्टा भित्र नै सम्बोधन गर्ने गरिएको छ । जानकारी मागिएमा तत्काल उपलब्ध गराउने र नीतिगत विषय जोडिएका भए सरोकारवाला सम्बन्धित संस्थालाई जानकारी गराउंदै आइएको छ । 

केहि महिनाका रेकर्ड हेर्दा श्रम मन्त्रालयद्वारा श्रमिकको गुनासा सम्बोधन गर्न स्थापित कल सेन्टरमा भन्दा साझा सबाल मिडियाद्वारा संचालित हेल्पलाइनमा बढी गुनासा आउने गरेको पाइएको छ । श्रम मन्त्रलयाको कल सेन्टरमा जस्तै मिडियामा बढी गुनासा आउन थालेकाले ति गुनासाको तत्काल सम्बोधन गर्न आवश्यक छुट्टै जनशक्ति आवश्यकता बोध हुन थालेको पराजुलीले बताए । सीमित जनशक्तिबाट धेरै समस्या हेर्नुपर्ने अवस्था रहेपनि काम गर्दै आएको उनले बताए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु