2026-09-25 06:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्री यादवद्वारा वैदेशिक रोजगारीका बेथिति समाप्त पार्ने उदघोष, होला त कार्यान्वयन ?

मंसिर ५, काठमाडौं ।  श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका बेथिति-विकृतिहरू समाप्त पार्ने उदघोष गरेका छन् । बिहीबार श्रम मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री यादवले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्दै आन्तरिक रोजगारीलाई प्राथमिकता दिने बताए ।

विदेश जाने कामदारलाई दक्ष बनेर पठाउन सरकारले काम गर्ने उनले बताए । वैदेशिक रोजगारीको सिलसिलामा कुनै पनि किसिमको भ्रष्टाचार अनियमितता हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

वैदेशिक रोजगारीलाई व्यवस्थित नभए समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गर्न सकिंदैन मन्त्री यादवले भने, ‘कानुनी र व्यवहारिक रूपमा जहाँ जे सुधार गर्नु पर्ने छ त्यसलाई गरिन्छ। सरकार हामीसँग छ, हामी ढुक्क छौं भन्ने वातावरण निर्माण गर्छौं। त्रुटि सच्याउँछौं’।

धेरै युवालाई विदेश पठाएर सफल श्रममन्त्री बन्ने सोच नभएको र बाहिर बसेकालाई पनि देशमै ल्याएर रोजगारी दिने वातावरण बनाउने उनले बताए। ‘भर्खर आज आउँदै छु, मेरो प्रतिवद्धता त्यो हो-सकभर बाहिर जानु नपरोस् जानेहरू पनि गर्वका साथ जान पाउन्’, मन्त्री यादवले भने, ‘जुन सुकै मुल्य चुकाउन तयार छु, मन्त्रालयका साथीहरूसँग छलफल गरेर अगाडि बढ्छु।’

मन्त्री यादवले सामाजिक सुरक्षा योजना कार्यान्वयन सम्बन्धि नीतिमा परिमार्जन गर्न कानुन मन्त्रालयसँग राय माग्ने पहिलो निर्णय गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गोकर्ण विष्टलाई श्रममन्त्रीबाट हटाएर रामेश्वर राय यादवलाई श्रममन्त्रीको जिम्मेवारी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक