2026-10-16 10:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा नेपाली कामदार अलपत्र, ६ महिनासम्म तलब सुविधा बिना नै बस्न बाध्य

मनोज पराजुली, मंसिर १०, काठमाडौं ।  बैदेशिक रोजगारीको लागि साउदी पुगेका एक युवाले अलपत्र परेको भन्दै छिटो भन्दा छिटो नेपाल फर्काइदिन आग्रह गरेका छन् । साउदीको अर्कड इन्जिनिएरिंङ्ग एण्ड कन्स्ट्रक्सन कम्पनीबाट पाउनु पर्ने सम्पुर्ण तलब सुविधा दिलाई नेपाल फर्काइ दिन सिन्धुपाल्चोक जिल्ला जुगल गाउॅपालिका २ नाम्फा स्थायी घर भएका विवेक विश्‍वकर्माले आग्रह गरेका हुन् ।

बैदेशिक रोजगारीको लागि साउदी पुगेका युवाहरु काम र तलब बिना नै ६ महिनासम्म बस्न बाध्य भएको विश्‍वकर्माले साझा सबाललाई जानकारी दिए । उनी केएसए इन्टर्नेशनल ग्रुप मार्फत साउदी गएका थिए । विगत २३ महिना देखि साउदीको अरबको यस कन्स्ट्रक्सन कम्पनीमा कार्यरत छौं उनले भने’ छ महिना देखि तलब दिएको छैन, २३ महिना हुँदा पनि एउटा पनि अकामा नदिएको र पुरानो मान्छेको नविकरण गराएको छैन ।’

२१ महिनामै घर पठाउन भनेर बिना तलब तयारी अवस्थामा राखेको तर आजसम्म पनि नेपाल फर्किन नपाएको उनले बताए । उक्त कम्पनीमा कार्यरत अन्य नेपालीहरुलाई करार अवधि सकिंदा पनि बिना तलब बिना सेवा सुविधा ४ देखी ९ महिनासम्म राखेको विश्‍वकर्माले बताए ।  उपयुक्त खाना दिएको छैन उनले भने ‘अहिले पशुले खाने झै प्लास्टिकमा दिएको छ, फोहोर नउठाएको कारण दुर्गन्ध फैलिएको छ ।’

पछिल्लो समय कम्पनीको स्थिति बारेमा एजेन्ट र म्यानपावर कम्पनीलाई पनि जानकारी गराएको उनले बताएका छन् । साउदी पठाउन १ लाख ५ हजार रुपैंया लिएका एजेन्ट प्रेम गिरीलाई जानकारी गराउॅदा कम्पनीलाई नै भन्‍नु मलाई थाहा छैन भनेको छ, उनले भने ‘मलाई यहॉबाट निकाल्नुस र मैले बुझाएको पैसा फिर्ता गरिदिनुस् भन्दा गाली गौलज गरि कहॉ जानछस जा कसलाई उजुरी गर्छस गर भन्दै धम्काउने गरेको उनले बताए । 

यस समस्या बारे जानकारी प्राप्त भएको र समाधानको प्रयास भईरहेको म्यानपावर संचालक नवराज बस्नेतले बताए । साउदीको उक्त्र कम्पनीमा समस्या भएको बारे विवेक विश्‍वकर्मा १५/२० दिन अगाडी जानकारी गराएका छन् बस्नेतले भने ‘कम्पनी घाटामा गएर साउदी सरकारबाट कालोसूचीमा परेको छ, जसका कारण आइडी  नै ब्लक भएको छ ।’ साउदीको उक्त कम्पनीमा नेपालका ४ म्यानपावर कम्पनीले कामदार पठाएका सय भन्दा धेरै कामदार रहेको भन्दै उनले कम्पनीको बारेमा साउदी दुतावासमा जानकारी गराई सकिएको तर समस्या समाधान नभएको उनले बताए । रोजगारदाता कम्पनीले आगामी डिसेम्बर अन्तिमसम्ममा समाधान गरिसक्ने प्रतिवद्धता जनाएकोले सो समयसम्म पीडितहरुलाई नेपाल फिर्ता गरिसक्ने उनले दावी गरेका छन्  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु