2026-10-16 10:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको लागि २ महिनामै ३१ हजार कामदारको माग, कुन क्षेत्रमा कति हेर्नुहोस्

मंसिर १७, काठमाडौं । बैदेशिक रोजगारीको लागि मलेसियाबाट २ महिनाको अवधिमा नै उल्लेख्य संख्यामा कामदारको लागि डिमाण्ड आएको छ। गत अक्टोवर र नोभेम्वरमा गरी ३१ हजार २ सय १ नेपाली कामदारका लागि मागपत्र प्रमाणिकरण गरिएको मलेसियास्थीत नेपाली दूतावासले जनाएको छ। 

तत्कालीन श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली कामदारलाई आर्थिक भार भएको भन्दै २०७५ जेठ २ गतेबाट नयाँ कामदारलाई श्रमस्वीकृति दिन बन्द गरेका थिए । नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया १५ महिनापछि गत भदौ २९ गतेबाट खुलेको थियो । सो पश्च्यात नेपाल र मलेसिया विच भएको श्रम समझदारी अनुरुप मलेसियाका रोजगारदाता कम्पनीले नेपाली कामदारको माग गरेका डिमाण्ड दुतावासले प्रमाणीकरण गरेको हो ।

कुन क्षेत्रमा कति ?

औद्योगिक क्षेत्रको कामका लागि १७ हजार १ सय १६ जना कामदारका लागि मागपत्र प्रमाणित दूतावासले जनाएको छ। यसैगरी सेक्यूरीटी गार्ड सहित सेवा क्षेत्रका लागि १० हजार १ सय ८३, कृषि क्षेत्रका लागि १ हजार ४ सय ७५, प्लाण्टेसनका लागि १ हजार ३ सय ९७ तथा निर्माण क्षेत्रका लागि १ हजार ३० कामदारको मागपत्र प्रमाणिकरण भएको छ । दूतावासका अनुसार नयाँ श्रम समझदारी अनुसार प्रदान गरिएको मागपत्र प्रमाणिकरणमा सवैभन्दा धेरै औद्योगिक क्षेत्रका लागि रहेको छ ।

दूतावासले मागपत्र प्रमाणिकरणको कामलाई सरल, पारदर्शी र चुस्त बनाउने उद्धेश्यले प्रत्येक प्रक्रियामा छुट्टा छुट्टै शाखा तथा कर्मचारीहरु संलग्न हुने व्यवस्था गरेको जनाएको छ । दूतावासका अनुसार कम्पनीको मालिक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन निर्देशक वा मानव संशाधन व्यवस्थापक स्वयं उपस्थित भई मागपत्र १० देखि १२ बजेसम्म दूतावासमा पेश गर्ने, पेश हुन आएका मागपत्रहरुको विवरण रुजु गर्ने, अध्यावधिक गर्ने र प्रमाणिकरणको पत्र तयार गर्ने गरिएको छ ।

यसैगरी मागपत्र पेश गर्ने कम्पनी सम्बन्धी दूतावासमा आएका गुनासा लगायतका कैफियतहरुको रुजु गरी प्रमाणिकरणको लागि सिफारिस गर्ने, प्रमाणिकरणको लागि सिफारिस भएका मागपत्रहरुको प्रमाणिकरण गर्ने र स्क्यान गरी वैदेशिक रोजगार विभागमा ईलेक्ट्रोनिक फाईल पठाउने,  प्रमाणिकरण भएका सक्कल फाईलहरु २ बजेदेखि ५ बजेसम्म वितरण गर्ने र सक्कल फाईल बुझ्नका लागि कम्पनीको कर्मचारी उपस्थित हुनुपर्ने व्यवस्था गरिएको दुतावासले जनाएको छ ।

समयका कारण अत्यावश्यक मागपत्रलाई एकदिनमै र अन्यलाई ५ दिनभित्रमा मागपत्र प्रमाणिकरणको कार्य सक्नेगरी कार्य भइरहेको दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु