2026-10-16 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान जाने मोह: १३ हजार जनाको दौडधुप, उपलब्धि ‘जिरो’

मङ्सिर १८, काठमाडौँ | बैदेशिक रोजगारीको लागि उचित गन्तव्य मानिएको जापानामा पहिलो चरणमा नेपाली कामदार जान नपाउने भएका छन् । पहिलो चरणमा जापान फाउन्डेसनले लिएको नर्सिङ केयर गिभरको सीप परीक्षामा सबै फेल भएका हुन् । भाषा परीक्षामा भने १ जना पास भएका छन् ।

भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए भने लक्की ड्रबाट १ हजार जना छानिएका थिए । ति मध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ५ सय ९ जना छानिएकोमा ४ सय ९७ जनाले मात्र परीक्षा दिएका थिए । जसमा ५६ जना मात्र उत्रिण भए । उत्रिण भएकाहरुमध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परिक्षणमा १५ जना सहभागी भएका थिए तर भाषा परीक्षामा १ जना मात्र पास भए भने सीप परीक्षामा कसैले पास गर्न सकेनन् । 

नेपाल र जापानको श्रम समझदारी अनुसार भाषा र सीप दुवैमा उत्रिण भएपछि मात्र जापान जान सकिन्छ तर सिप परिक्षणमा पहिलो चरणमा सहभागी भएका मध्ये १ जना पनि पास नभएपछि जापान जाने प्रक्रिया माथिनै प्रश्नचिन्ह खडा भएको छ । आवेदनमा परेकाहरुमध्ये गोलाप्रथा बाट छान्नु उपयुक्त नभएको भन्दै आलोचना भएको छ । यस सन्दर्भमा श्रम मन्त्रालयले छनोट प्रणालीप्रति असहमति जनाई सकेको छ । लक्की ड्र बाट कामदार छान्दा योग्य आवेदक नपर्न सक्ने  भन्दै लक्की ड्र प्रणाली सुधार्नुपर्ने सुझाव मन्त्रालयको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु