2026-10-16 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भत्ता नपाएपछि विभागका कर्मचारी म्यानपावरको अनुगमनमा जान छाडे, कामदारले १ लाख तिर्दै

मनोज पराजुली। मङ्सिर १८, काठमाडौँ | बैदेशिक रोजगार विभागका कर्मचारीले अनुगमन भत्ता नपाउने भएपछि इजाजत प्राप्त संस्थाको अनुगमनमा नै जान छाडेका छन् । बुधबार एक युवाले कतार जान म्यानपावरले चर्को शुल्क लिन लागेको बारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा गरेको उजुरीमा विभागले अनुगमन नै गर्न नमानेको हो ।

श्रम मन्त्रालयले म्यानपावर कम्पनीमा अनुगमन गर्नका लागि ‘अनुगमन टोली परिचालन कार्यविधि-२०७६’ बनाएको थियो । सो कार्यविधिले अनुगमनमा जाने कर्मचारीको दैनिक भत्ता तोकेको थियो तर सो कार्यविधि अर्थ मन्त्रालयको सहमति बिना नै बनाइएकोले भत्ता पाउने अवस्था नरहेको विभागका एक कर्मचारीले बताए । अनुगमन भत्ता नपाउने भएपछि कर्मचारी अनुगमनमा जानै चाहंदैनन् विभागकै एक कर्मचारी भन्छन्  ‘कर्मचारीले नै सक्रियता नदेखाउँदा अनुगमनमा जान सक्ने अवस्था छैन ।’

रोजगारीको लागि कतार जान लागेका एक युवाले आँफु ठगिन लागेको भन्दै सहयोग माग गरेका थिए । सो जानकारी बुधबार विभागसम्म पुगेको थियो तर विभागका कर्मचारीले अनुगमन भत्ता नपाउने भन्दै तत्काल पीडितलाई वास्ता गरेनन् । म्यानपावर कम्पनीहरुले विदेशमा कामदार पठाउन थालेको ३४ वर्षपछि सरकारले अनुगमनका लागि स्पष्ट व्यवस्था सहितको कार्यविधि ल्याएको थियो । सो कार्यविधि आएपछि अनुगमन बढ्ने अपेक्षा गरिएपनि झन् अनुगमन नै हुन छोडेपछि युवाहरुमा विभागप्रतिको विश्वास नै घट्दै गएको पाइएको छ।

कल सेन्टरले गुनासो टिप्यो वास्ता गरेन 

कतार जान म्यानपावरले १ लाख २७ हजार माग गरेको ति पीडित युवाले साझा सबाललाई यसअघी जानकारी दिएका थिए । मैले २० हजार रकम म्यानपावर कम्पनीलाई बुझाइसकेको छु, बाँकी रकम नबुझाए विदेश जान पाइंदैन, उनले भने ‘१० जना एकै कम्पनीमा जाने म्यानपावरले बताएको छ, आज बेलुकीको टिकट छ ।’ आँफु लगायत अरु साथीहरु ठगिन लागेको बारे श्रम मन्त्रालयको कल सेन्टरमा पनि उनले कल गरेर जानकारी दिएको बताएका छन्, तर कल सेन्टरले पनि उजुरीबारे कुनै सहयोग नगर्दा ठगिन बाध्य भएँ’ उनले भने। श्रम मन्त्रालयको कल सेन्टरले पीडितको कल रेकर्ड भएको स्वीकार गरेको छ ।

साझा सबाल समाचार प्रभाव: म्यानपावरमा विभागले जुनसुकै बेला अनुगमन गर्नसक्ने (कार्यविधि सहित)

म्यानपावरद्वारा अनुगमन छल्न शनिबार कारोबार, कार्यविधि नहुँदा अनुगमन गर्न सकिएन विभाग

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु