2026-10-16 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीको आडमा मानव बेचबिखन बढ्दै, दलालहरुमा एजेन्टदेखि म्यानपावर व्यवसायीसम्म

मनोज पराजुली । मंसिर १८, काठमाडौँ । वैदेशिक रोजगारीको आडमा मानव बेचबिखन तथा ओसारपसार बढिरहेको भन्दै राज्यले यसलाई पहिचान गरी वैदेशिक रोजगार ऐनमा समेट्न जरुरी रहेको एक प्रतिवेदनले औँल्याएको छ । महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल (एटविन) ले २०७५ सालमा सञ्चार माध्यममा प्रकाशित मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी सामाग्रीहरुको अध्ययन तथा विश्लेषण गरि तयार पारेको प्रतिवेदनले यस्तो औँल्याएको हो । 

२०७५ सालमा (गोरखापत्र, कान्तिपुर, अन्नपुर्ण पोष्ट, नागरिक, नयाँ पत्रिका, राजधानी र नेपाल समाचारपत्र तथा अंग्रेजी दैनिक दि हिमालयन टाइम्स र दि काठमाण्डु पोष्ट तथा साप्ताहिक नेपाल र नारी मासिक) अध्ययनमा समेटिएका ११ पत्रिकामा मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित २ सय २७ वटा समाचार तथा समाचारमुलक सामाग्रि छापिएका थिए । उक्त समाचारहरुलाई अध्ययन गर्दा मानव बेचबिखन तथा ओसारपसार ऐनमा पनि संशोधन गरेर वैदेशिक रोजगारीका क्रममा हुने बेचबिखन तथा ओसारपसार वा मानव तस्करीलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको प्रतिवेदनले औँल्याएको हो ।

लैगिंक विश्लेषणमा ४ सय ८६ जना प्रभावित मध्ये ८६ प्रतिशत महिला र १४ प्रतिशत पुरुष समेटिएका थिए । बेचबिखन कर्ता वा दलालहरुमा सबैभन्दा धेरै ३३ प्रतिशत एजेन्ट/म्यानपावर व्यवासायी/परामर्शदाता रहेको अध्ययनले देखाएको छ । यसैगरी २७ प्रतिशत घटनामा भारतीय नागरिक संलग्न, १२ प्रतिशतमा छिमेकी, प्रेमी र श्रीमान नै बेचबिखनमा संलग्न भएका ६/६ प्रतिशत, २ प्रतिशत साथी र ३ प्रतिशतमा भने दललाको खुलासा नभएको प्रतिवेदनमा उल्लेख छ । ११ प्रतिशत घटनामा भने प्रभावितहरु आफै गएको बताईए पनि यसमा ५ जना बालबालिका रहेको र वालबालिका राखिएको सेल्टर होमका सञ्चालक नक्कली आमा बनेर संलग्नभएको समाचार रहेका पाइएको छ । 

बालबालिका देखि किशोरकिशोरीसम्म प्रभावित

प्रतिवेदनले सबैभन्दा धेरै बालबालिका देखि किशोरकिशोरीसम्म प्रभावित बनेको जनाएको छ । १ सय ८१ वटा समाचारमा प्रभावितको उमेर उल्लेख गरिएकामा ० देखि १७ वर्ष उमेर समुह अर्थात बालबालिका देखि किशोरकिशोरीको समुहका नै ५० प्रतिशत थिए । यसैगरी १८ देखि २९ वर्ष उमेर समुहका ४१ प्रतिशत, ३० देखि ४९ वर्ष उमेर समुहका ९ प्रतिशत र ५० वर्ष माथिको उमेर समुहका भने यो वर्ष एक जना पनि नपरेको प्रतिवेदनमा उल्लेख छ । प्रभावित मध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकका ९ जना, दोश्रोमा नुवाकोटका ७ जना, तेश्रोमा दैलेख र काभ्रेपलाञ्चोकका ५/५ जना परेका छन् ।

सिमापार लगेर बेचबिखन गरिएका घटना ५४ प्रतिशत, वैदेशिक रोजगारीसँग सम्बन्धित २६ प्रतिशत र आन्तरिक ओसारपसार तथा बेच बिखनसँग सम्बन्धित ८ प्रतिशत समाचार रहेका थिए । यसैगरी मानव अंग बेचबिखनसँग सम्बन्धित ९ प्रतिशत थिए तर ३ प्रतिशतमा कस्तो प्रकारको बेचबिखनको हो भन्ने उल्लेख थिएन । बेचबिखनमध्ये ५१ प्रतिशत यौनशोषणका लागि, ३५ प्रतिशत श्रमशोषणका लागि र ९ प्रतिशत मानव अंग बेचबिखनका लागि, गरिएका थिए । यसैगरी ५ प्रतिशत समाचार भने वौद्ध धर्मदर्शन पढ्न वा लामा बन्नका लागि ओसारपसार गरेकासँग सम्बन्धित रहेको पाइएको छ । 

कार्यक्रमका एटविनका अध्यक्ष नातिसरा राईले महिला हिंसा विरुद्धको १६ दिने अभियान जस्तै ३ सय ६५ दिन नै यस्ता अभियानमा निरन्तर रुपमा संचालन गर्नुपर्नेमा जोड दिईन् । मानव बेचबिखन तथा ओसारपसारलाई रोक्नका लागि  तीनै तहका सरकार, सुरक्षा निकाय, र आमसंचार माध्यमको भुमिका प्रभावकारी हुनुपर्नेमा सरोकारवालाले कार्यक्रममा जोड दिएका छन् 

एटविनले विभिन्न छापा सञ्चारमाध्यममा प्रकाशित समाचार तथा समाचारमुलक सामाग्रीहरुलाई २०५४ साल देखि निरन्तररुपमा एटविन सूचना तथा स्रोत केन्द्र मार्फत दस्तावेजीकरण गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु