2026-10-16 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काउन्सेलर श्रम र श्रम सहचारीका लागि निवेदन आह्वान

मङ्सिर २६, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ देशका लागि काउन्सेलर श्रम र श्रम सहचारी पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सो पदहरुमा निवेदन दिन आह्वान गरेको हो ।

मन्त्रालयले दक्षिण कोरियाको सियोल, कतारको दोहा र मलेसियाको क्वालालम्पुरका लागि काउन्सेलर श्रम पदमा निवेदन आह्वान गरेको छ भने संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधावी, साउदी अरेबियाको जोद्धा, मलेसियाको क्वालालम्पुर, कुवेतको कुवेत सिटी र ओमानको मस्कटका लागि श्रम सहचारी पदमा निवेदन आह्वान गरेको हो ।

मन्त्रालयद्वार जारी सूचनामा भनिएको छ, ‘काउन्सेलर श्रम तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ अनुसार तोकिएबमोजिमको योग्यता पुगेका कर्मचारीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो व्यक्तिगत विवरण उल्लेख गरी अनुसूची-२ बमोजिम निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशन गरिएको छ ।’ 

मन्त्रालयले सो पदमा निवेदन दिन इच्छुकहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र निवेदन बुझाइसक्नुपर्ने मन्त्रालयले जनाएको छ । निवेदन फारम मन्त्रालयको वेबसाइट www.moless.gov.np मा उपलब्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु