2026-10-16 10:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको जेलमा अचम्मका सोमकुमार तामाङ्ग, चिन्नुहुन्छ भने खबर गर्नुहोला

मंसिर २९, काठमाडौं । नेपाली भाषा फिटिक्कै बुझ्दैनन्। मलेसियन भाषामा मात्र कुरा गर्छन्। उनी हुन् सोमकुमार तामाङ्ग ।

बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म कुमार भुसाल नेतृत्वको टोलि विहिबार मलेसियाको इमिग्रेसनसँग सम्बन्धित जेलको भ्रमणमा गएको थियो । सो जेलमा रहेका ११ नेपालीहरुसँग छलफल गरि र जेलमा रहेका व्यक्तिहरुका परिवारसँग कुरा गराएको भुसालले बताए । 

जेलका दु:ख र जेलसम्मको यात्राका कुरा सुन्यौं भुसालले भने ‘ सोहि जेलमा भेटिएका थिए, तामाङ्ग । आफ्ना भिनाजु गंगाबीर तामाङ्गले १७ बर्ष अघि उनलाई मलेशिया ल्याएका रे। उनका भनाइमा भिनाजु वितिसके। उनी मलेशिया आउँदा १४ बर्षका थिए रे। अर्कैको पासपोर्टमा उनको फोटो टाँसेर ल्याएको रे। घरबाट रातीको बसमा काठमाडौं आइपुगेको र राती आएर अर्को दिन नै उडान भएको भन्छन्।’ 

आफ्नो घर उदयपुर र नाम सोमकुमार तामाङ्ग बताउने उनी नेपाली भाषा फिटिक्कै बुझन नसक्ने र मले भाषामा मात्र कुरा गर्न सक्ने भुसालले बताए । डम्बर बहादुर बस्नेत भन्ने उनको साथीलाई मात्र चिन्छन् रे उनी, यता इन्डोनेशियन केटीसँग बिहे गरेका, मलेशियाको ८८ प्लाष्टिक कम्पनी, जोहरबारुमा काम गर्थे रे तामाङ्गको भनाइ सुनेपछि 

हामीले फोन उपलब्ध गराएर कुरा गराउन र वास्तविकता जान्न चाह्यौं भुसालले भने ‘उनले आफ्नी इन्डोनेशियन सालीलाई फोन गरेर नेपाली राजदूतावासमा गई आफूलाई छुटाउन भने।’  राजदूतावासले हालसम्म उनी नेपाली भएको कुनै प्रमाण फेला पर्न नसकेको बताएको छ ।

यदि कसैलाई यिनको बारेमा थाहा छ भने कृपया खवर गर्नुहोला डा. भुसालले भने’उनले नेपालको त के आफ्नै गाउँको बारेमा पनि केही बताउन र नेपाली भाषामा केही बुझ्न सक्दैनन्। एकजना तामाङ्ग समुदायको व्यक्तिले तामाङ्ग भाषामा कुरा गर्न खोज्दा पनि उनले केही बुझेनन्।’

अरु देशका नागरिक हुन् भने किन नेपाली हुन खोजेका हुन् बुझ्न नसकिएको भुसलाले बताए । नेपाली हुन् भने किन बाबु आमाको नाम पनि जान्दैनन् ? गाउँघरको नाम पनि जान्दैनन्। हामी अन्यौलमा परेका छौं। कृपया कसैलाई थप जानकारी छ भने जानकारी दिन भुसालले आग्रह गरेका छन् ।

कुनै पनि नेपाली ‌ओभरस्टे हुनेगरी मलेशियामा नबस्न विभागले आग्रह गरेको छ । मलेसिया सरकारले यही डिसेम्बरभित्र अबैधानिक रुपमा बसेका नेपालीहरुलाई नेपाल फर्कन समय दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु