2026-10-16 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“मलेशिया जानु भनेको अमेरिका जानु सरह हो, १ लाख ३५ हजारमा एक पैसा कम हुन्न”

पुस २, काठमाडौं । मलेसिया जाने युवासँग चर्को रकम लिंदा लिंदै गरेको अवस्थामा बैदेशिक रोजगार विभागले फेला पारेको छ । गुल्मी रेसुङ्गाका अनिल बि.क., सन्दीप बि.क. र दीपक बहादुर सुनार तथा बराह न.पा. सुनसरीका सन्तोष बिष्टसँग रु ४ लाख ५० हजार लिंदै गरेको अवस्थामा लाइफ इन्टर्नेशनल ओभरसिजमा फेला पारिएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए ।

४ जना युवा मलेशियाको अबिबा प्लास्टिक उद्योगमा  जानका लागि इजाजतपत्र नं ७६० भएको महाराजगञ्ज काठमाडौंस्थित लाइफ इन्टर्नेशनल ओभरसिजका जनसम्पर्क अधिकृत दान बहादुर सोमैलाई सम्पर्क गरे । उनीहरुले १ लाख भित्रै पठाउन निकै अनुनय विनय गरे तर उक्त व्यक्तिले भने-  “मलेशिया जानु भनेको अमेरिका जानु सरह हो, १ लाख ३५ हजारमा एक पैसा कम हुन्न”। 

ठीक डेढ महिना अघि नोभेम्बर ३ मा उक्त मलेशियन कम्पनीबाट नेपाल र मलेशियाबीचको पछिल्लो श्रम सम्झौता बमोजिमको फ्रि भिषा फ्रि टिकट अन्तर्गतको मागपत्र बमोजिम उनीहरुलाई मलेशिया पठाइँदै थियो। उक्त कम्पनीमा ५० जना कामदारको माग भएकोमा यी सहित ३६ जनाले श्रम स्वीकृति लिएको देखिएको भुसालले बताए ।

यस अघिको लटका मलेशिया गईसकेको हुनसक्ने भुसालले बताए । ४ जनासँग पैसा उठाउने कार्य लाइफ इन्टर्नेशनल ओभरसिजमा भैरहेको थियो भने यिनीहरुको श्रम स्वीकृति अर्कै म्यानपावर विन रिक्रुटमेन्ट प्रा. लि.  बाट निकालिएको पाइएको भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु