2026-10-16 11:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीको आक्रोश- ‘ल हेर्नुस्, अब कसरी शुन्य लागतमा मलेसिया पठाउन सकिन्छ ?’

अनिल अधिकारी | पुष २, काठमाडौँ | बैदेशिक रोजगार व्यवसायीहरुले विदेशबाट ल्याइने माग (डिमाण्ड)हरुको लागि अवस्थ प्रतिस्पर्धा गर्ने गरेको म्यानपावर व्यवसायीहरुले स्वीकार गरेका छन् । साझा सबाल मिडियाले दुई दर्जन भन्दा बढि म्यानपावर कम्पनीका संचालकहरुसंग लिएको जिज्ञाशा अनुसार कामदारसंग चर्को रकम अशुली गर्नुको कारण मध्ये मुख्य कारण सम्बन्धित देशका एजेन्टहरुलाई कमिसन तिर्नु रहेको छ । 

त्यसो त यस अघिनै बैदेशिक रोजगार व्यवसायी सँघले समेत अस्वस्थ रुपमा मागपत्र (डिमान्ड) खोस्ने प्रवृत्तिले सरकारी निर्णय कार्यान्वयन हुन नसकेको बताउदै आएको छ । विदेशस्थित कम्पनीहरुले सबै निःशुल्क दिँदा समेत म्यानपावर कम्पनीहरुबीच डिमान्ड तानातान हुने प्रक्रियाले त्यसको प्रभाव सिधै कामदारलाई पर्ने गरेको छ । म्यानपावर कम्पनीहरुले निशुल्क भिषा/टिकटमा मागपत्र पाउँदा समेत अर्को म्यानपावर सोहि कम्पनी पुगेर डिमाण्डमा बार्गेनिङ गर्ने गरेको कारण निशुल्क दिन छाडेका छन् । यस्ता म्यानपावर कम्पनीहरुलाई बैदेशिक रोजगार व्यवसायी संघले कारवाही गर्ने बताएको भएपनि हालसम्म त्यसरी कुनै पनि म्यानपावर कारवाहीमा परेका छैनन् ।

धेरै म्यानपावर व्यवसायीहरुले एकले अर्को म्यानपावरमा आएको डिमाण्ड तानातान गर्ने गर्दा अस्वस्थता जीउकात्यु छन् बरु पछिल्लो समय कडाईका साथ मलेसियाको रोजगारी शुन्य लागतमा झारेको प्रचार गरिएको भएपनि अधिकांश म्यानपावर कम्पनीहरुले डेढ लाखसम्म अशुली गर्न थालेका छन् । सामाखुसी स्थित एक म्यानपावर कम्पनीका संचालकले मलेसिया स्थित एक कम्पनीले उनलाई पठाएको म्यासेज देखाउदै भनेका छन् ‘ल हेर्नुस्, अब यसरी कसरी शुन्य लागतमा मलेसिया पठाउन सकिन्छ ?’ उनलाई मलेसिया स्थित एक कम्पनीले लेखेको संदेशमा नेपालको कुनै एक म्यानपावर कम्पनीले कामदारको माग दिएवापत प्रतिव्यक्ति कमिसन तोकेको छ । उक्त कम्पनीले ति म्यानपावर संचालकसँग डिमाण्ड चाहिन्छ भने कति कमिसन दिने ? भन्दै प्रश्न गरेका छन् । ति म्यानपावर व्यवसायीका अनुसार मलेसियाका कम्पनीहरुले डिमाण्ड दिन आफूलाई बिभिन्न सर्त राखेको कारण झन्डै एक हजार भन्दा बढी कामदारको माग नलिएको बताए । आफूले कमिसन माग्ने कम्पनीहरुको डिमाण्ड नलिए पनि त्यस्ता कम्पनीको डिमाण्ड लिएर अन्य म्यानपावर कम्पनीहरुले पुर्वस्वीकृति निकालेको उनले बताए । उनले त्यस्तो डिमाण्डको पुर्व स्वीकृति लिने म्यानपावरहरुले कामदार संग चर्को अशुली गर्ने दावी गरे । 

विदेशका कम्पनी तथा एजेन्टहरुले नेपालका जुन म्यानपावरले बढी कमिसन तोक्छन् त्यसैलाई डिमाण्ड दिने गरेको ति व्यवसायीले बताए । केहि कम्पनीले टिकट नदिने त कहिले भिषा समेत नदिने गरेको उनले बताए । उनका अनुसार अन्य देशमा पनि यस्तै खाले बिकृति रहेका छन् । बैदेशिक रोजगारीको क्रममा माग दिने कम्पनीले नै सबै खर्च व्यहोर्नुपर्ने भएपनि अरु म्यानपावरमा कम्पनीको डिमाण्ड जाने डरले कम्पनीको सर्तहरुमा म्यानपावर कम्पनीहरु फितलो बन्ने गरेका छन् । जसको कारण भिषा, टिकट, बिज्ञापन खर्च, अन्तर्वार्ताका क्रममा हुने लगायतका खर्च म्यानपावर कम्पनीलेनै तिर्ने गरेका छन्, जसको भार बैदेशिक रोजगारीमा जाने कामदारलाईनै पर्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु