2026-10-16 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिकको पासपोर्ट जफत गर्ने म्यानपावरको व्यवसाय रोक्ने महानिर्देशकको चेतावनी

पुस ४, काठमाण्डौ । वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्म कुमार भूसालले श्रमिकको पासपोर्ट जफत गर्ने म्यानपावर कम्पनीको व्यवसाय रोक्ने चेतावनी दिएका छन् । पछिल्लो समय म्यानपावर कम्पनीले श्रमिकसंग पैसा माग्ने र नदिए पासपोर्ट नै नदिने प्रवृति देखिएको भन्दै त्यस्ता कम्पनीलाई कानुनी दायरामा ल्याएर कारवाही गरिने बताएका छन् । 

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले वैदेशिक रोजगार विभाग तथा बोर्डको कार्य सञ्चालन प्रभावकारिता सम्बन्धी गरेको कार्यक्रममा महानिर्देशक भूसालले श्रमिकबाट पासपोर्ट लिएर पैसा नदिएसम्म विदेश पठाउन्न भन्ने म्यानपावरको व्यवसाय रोक्ने चेतावनी दिएका हुन् । विभागले डण्डा लिएर हिँड्दैमा व्यवसायीहरु नसुध्रने र त्यसका लागि सबै मिलेर अघि बढ्नुपर्छ भुसालले भने ”यो निक्कै ठूलो समस्या रहेको छ, समस्यामा परेका व्यक्तिहरुले विभागमा जानकारी गराएमा उनीहरुलाई सहयोग गर्न विभाग तयार छ।”

विभागले पछिल्लो तीन महिनामै ३७ वटा म्यानपावरमा अनुगमन गरेको भुसालले बताए । वैदेशिक रोजगार सुधार गर्न विभाग एक्लैले नसक्ने भन्दै भुसालले सुधारका लागि स्टेक होल्डर पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए । 

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न विभागले एकीकृत वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (एफइएमआईएस) प्रणाली विकास गरेको उनले बताए । विभागले एफइएमआइएसमार्फत अनलाइनबाट नै मागपत्र स्वीकृत गर्ने तयारी पनि गरिरहेको उनले जानकारी दिए । हाल विदेशस्थित नेपाली नियोगले मागपत्र प्रमाणीकरण गरेपछि पूर्व स्वीकृतिका लागि म्यानपावरका प्रतिनिधि फाइल बोकेर श्रम कार्यलय जानुपर्ने अवस्था छ । 

अब बैदेशिक रोजगार मागपत्रको पुर्व स्वीकृति अनलाइनबाटै, म्यानपावर व्यवसायीलाई सहज हुने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु