Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

१६ म्यानपावर कम्पनीले पत्रिकामा छापेका डिमाण्डमा टेलिफोन छड्के…

By साझासवाल 40 मिनेट पढाइ

पढ्न करिब 9 मिनेट लाग्छ
प्रकाशित:

पुष ४, काठमाडौँ | केहि म्यानपावर कम्पनीहरुले बैदेशिक रोजगारीका डिमाण्ड कामदार पठाउने प्रक्रियाको लागि मात्र पत्रिकामा बिज्ञापन छाप्ने गरेको पाइएको छ । म्यानपावर कम्पनीले दैनिक रुपमा विभिन्न पत्रिकामा डिमाण्डको अन्तर्वार्ता मिति राखेर प्रकाशन गरेका भएपनि तोकिएको मितिमा अन्तर्वार्ता नै नहुने गरेको पाइएको छ ।

सरकारले पछिल्लो समय एजेन्ट व्यवस्था खारेज गरेको छ तरपनि म्यानपावर कम्पनीले एजेन्ट मार्फत नै कारोबार गर्नका लागि भएका डिमाण्ड पनि नभएको भन्दै म्यानपावरबाट फर्काउने गरेको पाइको छ। बैदेशिक रोजगारीको लागि म्यानपावर कम्पनीले ल्याउने मागपत्र बैदेशिक रोजगार श्रम कार्यालय ताहाचलबाट पुर्व स्वीकृति लिएपछि कुनै पनि दैनिक पत्रिकामा कम्तिमा सात दिनको अन्तर्वार्ता मिति राखेर प्रकाशन गर्नुपर्ने हुन्छ । उक्त विज्ञापनहरु हेरेर बैदेशिक रोजगारमा जान चाहेका कामदारहरुले म्यानपावर कम्पनीमा फोन गर्दा सम्बन्धित म्यानपावरले डिमाण्ड छैन भन्ने गरेको गुनासाहरु आउन थालेका हुन् । यस्ता गुनासा आएपछि साझा सबाल मिडियाले पुष ३ र ४ गते दैनिक पत्रिकामा छापिएका डिमाण्डहरुको सम्बन्धमा म्यानपावर कम्पनीमा छड्के चेक गरेको छ । उक्त छड्के चेकको क्रममा १६ वटा म्यानपावर कम्पनीका कार्यालयमा बैदेशिक रोजगारीमा जान चाहेको कामदारको रुपमा सिधा फोन सम्पर्क गर्दा केहि म्यानपावर कम्पनीले डिमाण्ड नै नभएको बताएका छन् ।

म्यानपावर कम्पनीमा एजेन्टको सक्रिय भूमिका रहेको र बिज्ञापन हेरेर सिधा सम्बन्धित म्यानपावर कम्पनीसंग डिमाण्डबारे बुझ्दा म्यानपावर कम्पनीहरुले बिज्ञापनमा भनिए जस्तो डिमाण्ड नभएको, भएपनि कोटा पुरा भईसकेको जस्ता प्रतिक्रिया दिने गरेको गुनाशो आउने गरेका कारण साझा सबाल मिडियाले म्यानपावर कम्पनिहरुको छड्के चेक गरेको हो । बैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीहरुले बिज्ञापनमा अन्तर्वार्ताको लागि तोकेको समयमा अन्तर्वार्ता नगर्ने तथा कामदारहरु पहिले नै छानेर पछि बिज्ञापन छाप्ने गरेको गुनासाहरु प्राप्त हुँदै आएका छन् ।

केहि म्यानपावर कम्पनीले श्रम स्वीकृति निकाल्नको लागि मात्र दैनिक पत्रिकामा बिज्ञापन दिएर भ्रममा पार्ने गरेको, एजेन्ट मार्फत मात्र कामदार लिएर सिधै म्यानपावर जाने तथा बिज्ञापन हेरेर फोन गर्नेहरुलाई बिज्ञापन छैन भन्दै ढाट्ने गरेको श्रमिकहरुले गुनासो गरेका छन् ।

१६ म्यानपावरले प्रकाशन गरेका बिज्ञापनमा छड्के चेक गर्दा…

म्यानपावर १: नीलकमल ह्युमन रिसोर्स प्रा.लि.

लट नम्बर: २२३१५५

फोन नम्बर: ०१-४११२७१३

बिज्ञापनमा तोकिएको फाइनल अन्तर्वार्ता: पुष ११ गते

म्यानपावरको प्रतिउत्तर:-

प्रश्न १: विज्ञापन अनुसार तोकिएको कम्पनिको डिमाण्ड छ कि छैन ?

उत्तर: डिमाण्ड छ ।

प्रश्न २: बिज्ञापनमा तोकिएको दिन अन्तर्वार्ता भए/नभएको ?

उत्तर: भएको ।

प्रश्न ३: उक्त डिमाण्डमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

उत्तर: फाइनल अन्तर्वार्ता अघिसम्म म्यानपावरमा आएर आवेदन दिन सकिने ।

प्रश्न ४: बिज्ञापनमा तोकिएको पद मध्ये पदहरुमा डिमाण्ड भए/नभएको ?

उत्तर: भएको ।

म्यानपावर २: द रिभर ओभरसिज प्रा.लि.

लट नम्बर: २२५३६९

फोन नम्बर: ०१-४४६२४३१

बिज्ञापनमा तोकिएको फाइनल अन्तर्वार्ता: पुष ११ र १२ गते

म्यानपावरको प्रतिउत्तर:-

प्रश्न १: विज्ञापन अनुसार तोकिएको कम्पनिको डिमाण्ड छ कि छैन ?

उत्तर: डिमाण्ड छ ।

प्रश्न २: बिज्ञापनमा तोकिएको दिन अन्तर्वार्ता भए/नभएको ?

उत्तर: भएको ।

प्रश्न ३: उक्त डिमाण्डमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

उत्तर: फाइनल अन्तर्वार्ता अघिसम्म म्यानपावरमा आएर आवेदन दिन सकिने ।

प्रश्न ४: बिज्ञापनमा तोकिएको पद मध्ये पदहरुमा डिमाण्ड भए/नभएको ?

उत्तर: भएको ।

म्यानपावर ३: फ्युचर स्टार म्यानपावर प्रा. लि.

लट नम्बर: २२९३९३

फोन नम्बर: ०१-४३६०५७६

बिज्ञापनमा तोकिएको फाइनल अन्तर्वार्ता: पुष १८ देखि २० गतेसम्म

म्यानपावरको प्रतिउत्तर:-

प्रश्न १: विज्ञापन अनुसार तोकिएको कम्पनिको डिमाण्ड छ कि छैन ?

उत्तर: डिमाण्ड छ  ।

प्रश्न २: बिज्ञापनमा तोकिएको दिन अन्तर्वार्ता भए/नभएको ?

उत्तर: भएको ।

प्रश्न ३: उक्त डिमाण्डमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

उत्तर: फाइनल अन्तर्वार्ता अघिसम्म म्यानपावरमा आएर आवेदन दिन सकिने ।

प्रश्न ४: बिज्ञापनमा तोकिएको पद मध्ये पदहरुमा डिमाण्ड भए/नभएको ?

उत्तर: भएको ।

म्यानपावर ४: पंगेनी ह्युमन रिसोर्स प्रा. लि.

लट नम्बर: २२८८८९

फोन नम्बर: ०१-४३८६६००

बिज्ञापनमा तोकिएको फाइनल अन्तर्वार्ता: पुष ११ गते

म्यानपावरको प्रतिउत्तर:-

प्रश्न १: विज्ञापन अनुसार तोकिएको कम्पनिको डिमाण्ड छ कि छैन ?

उत्तर: छैन । फुलफिल भई सकेको । (श्रम-स्वीकृतिको लागि मात्र बिज्ञापन छापिएको ।)

प्रश्न २: बिज्ञापनमा तोकिएको दिन अन्तर्वार्ता भए/नभएको ?

उत्तर: नभएको ।

प्रश्न ३: उक्त डिमाण्डमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

उत्तर: पहिलेनै प्याक भईसकेकोले आवेदन दिन नपाइने ।

प्रश्न ४: बिज्ञापनमा तोकिएको पद मध्ये पदहरुमा डिमाण्ड भए/नभएको ?

उत्तर: नभएको ।

म्यानपावर ५: सन हिल्स ओभर्सिस सर्भिसेज प्रा. लि.

लट नम्बर: २२८०९४

फोन नम्बर: ०१-५९०४०५८

बिज्ञापनमा तोकिएको फाइनल अन्तर्वार्ता: पुष १० गते

म्यानपावरको प्रतिउत्तर:-

प्रश्न १: विज्ञापन अनुसार तोकिएको कम्पनिको डिमाण्ड छ कि छैन ?

उत्तर: भएको ।

प्रश्न २: तोकिएको दिन अन्तर्वार्ता भए/नभएको ?

उत्तर: नभएको (प्रि दिएपछि उताको पार्टीले अन्तर्वार्ता लिने)

प्रश्न ३: उक्त डिमाण्डमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

उत्तर: फाइनल अन्तर्वार्ता अघिसम्म म्यानपावरमा आएर आवेदन दिन सकिने ।

प्रश्न ४: बिज्ञापनमा तोकिएको पद मध्ये पदहरुमा डिमाण्ड भए/नभएको ?

उत्तर: भएको ।

म्यानपावर ६: अल सहेली म्यानपावर प्रा. लि.

लट नम्बर: २२९५३२

फोन नम्बर: ०१-४३८७३७२

बिज्ञापनमा तोकिएको फाइनल अन्तर्वार्ता: पुष ११ गते

म्यानपावरको प्रतिउत्तर:-

प्रश्न १: विज्ञापन अनुसार तोकिएको कम्पनिको डिमाण्ड छ कि छैन ?

उत्तर: डिमाण्ड छ ।

प्रश्न २: तोकिएको दिन अन्तर्वार्ता भए/नभएको ?

उत्तर: प्रि-बाट छानिएपछि मात्र फाइनल अन्तर्वार्ताको मिति थाहा हुने ।

प्रश्न ३: उक्त डिमाण्डमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

उत्तर: प्रि-अन्तर्वार्ता चलिरहेको जतिसक्दो चाडो आएर आवेदन दिन सक्ने ।

प्रश्न ४: तोकिएको पद मध्ये पदहरुमा डिमाण्ड भए/नभएको ?

उत्तर: भएको ।

म्यानपावर ७: इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि.

लट नम्बर: 229416/229415

फोन नम्बर: ०१-४४८८२६५

बिज्ञापनमा तोकिएको फाइनल अन्तर्वार्ता: पुष ११ गते

म्यानपावरको प्रतिउत्तर:-

प्रश्न १: विज्ञापन अनुसार तोकिएको कम्पनिको डिमाण्ड छ कि छैन ?

उत्तर: डिमाण्ड छ ।

प्रश्न २: तोकिएको दिन अन्तर्वार्ता भए/नभएको ?

उत्तर: तोकिएकै दिन अन्तर्वार्ता भएको ।

प्रश्न ३: उक्त डिमाण्डमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

उत्तर: दिन सकिन्छ, प्रि-अन्तर्वार्ता चलिरहेको ।

प्रश्न ४: तोकिएको पद मध्ये पदहरुमा डिमाण्ड भए/नभएको ?

उत्तर: भएको ।

म्यानपावर ८: इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि.

लट नम्बर: २२९६२१/२२९५२१

फोन नम्बर: ०१-४३७८८९०

बिज्ञापनमा तोकिएको फाइनल अन्तर्वार्ता: पुष ११ गते

म्यानपावरको प्रतिउत्तर:-

प्रश्न १: विज्ञापन अनुसार तोकिएको कम्पनिको डिमाण्ड छ कि छैन ?

उत्तर: डिमाण्ड छन् ।

प्रश्न २: तोकिएको दिन अन्तर्वार्ता भए/नभएको ?

उत्तर: भएको ।

प्रश्न ३: उक्त डिमाण्डमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

उत्तर:  दिन सकिन्छ, प्रि-अन्तर्वार्ता चलिरहेको ।

प्रश्न ४: तोकिएको पद मध्ये पदहरुमा डिमाण्ड भए/नभएको ?

उत्तर: भएको ।

म्यानपावर ९: चन्द्र कामना म्यानपावर प्रा. लि.

लट नम्बर: २२९५६२

फोन नम्बर: ९८४९५२६७६६ (०१४४९५८२२/ ४४८५२०६ फोन उठेनन्)

बिज्ञापनमा तोकिएको फाइनल अन्तर्वार्ता: पुष ११

म्यानपावरको प्रतिउत्तर:-

प्रश्न १: विज्ञापन अनुसार तोकिएको कम्पनिको डिमाण्ड छ कि छैन ?

उत्तर: डिमाण्ड छ तर प्रक्रियाको लागि मात्र बिज्ञापन गरिएको ।

प्रश्न २: तोकिएको दिन अन्तर्वार्ता भए/नभएको ?

उत्तर: नभएको ।

प्रश्न ३: उक्त डिमाण्डमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

उत्तर: आवेदन दिन नसकिने, प्याक भई सकेको ।

प्रश्न ४: तोकिएको पदहरु मध्ये पदहरुमा डिमाण्ड भए/नभएको ?

उत्तर: नभएको ।

म्यानपावर १०: शेर्पा इन्टरनेशनल म्यानपावर कन्सल्टेन्सी प्रा. लि.

लट नम्बर: २२६८८१

फोन नम्बर: ०१-५२२४५०२

बिज्ञापनमा तोकिएको फाइनल अन्तर्वार्ता: पुष ११ गते

म्यानपावरको प्रतिउत्तर:-

प्रश्न १: विज्ञापन अनुसार तोकिएको कम्पनिको डिमाण्ड छ कि छैन ?

उत्तर: डिमाण्ड छ ।

प्रश्न २: तोकिएको दिन अन्तर्वार्ता भए/नभएको ?

उत्तर: तोकिएको दिननै अन्तर्वार्ता भएको ।

प्रश्न ३: उक्त डिमाण्डमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

उत्तर: २५ तारिक अघिनै दिन सकिने ।

प्रश्न ४: तोकिएको पद मध्ये पदहरुमा डिमाण्ड भए/नभएको ?

उत्तर: भएको

म्यानपावर ११: अल जराफा ह्युमन रिसोर्स कन्सल्टेन्ट प्रा. लि.

लट नम्बर: २२९६४७

फोन नम्बर: ०१-४४९३८७८

बिज्ञापनमा तोकिएको फाइनल अन्तर्वार्ता: पुष ११ गते

म्यानपावरको प्रतिउत्तर:-

प्रश्न १: विज्ञापन अनुसार तोकिएको कम्पनिको डिमाण्ड छ कि छैन ?

उत्तर: डिमाण्ड छ ।

प्रश्न २: तोकिएको दिन अन्तर्वार्ता भए/नभएको ?

उत्तर: नभएको ।

प्रश्न ३: उक्त डिमाण्डमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

उत्तर: पासपोर्ट र फोटो ल्याउनुस, आवेदन दिन पाइन्छ ।

प्रश्न ४: तोकिएको पद मध्ये पदहरुमा डिमाण्ड भए/नभएको ?

उत्तर: भएको ।

म्यानपावर १२: युनिभर्सल एचआर सोलुसन प्रा. लि.

लट नम्बर: २२९५०१

फोन नम्बर: ०१-४४९३३६५

बिज्ञापनमा तोकिएको फाइनल अन्तर्वार्ता: पुष ११ गते

म्यानपावरको प्रतिउत्तर:-

प्रश्न १: विज्ञापन अनुसार तोकिएको कम्पनिको डिमाण्ड छ कि छैन ?

उत्तर: डिमाण्ड भएको ।

प्रश्न २: तोकिएको दिन अन्तर्वार्ता भए/नभएको ?

उत्तर: भएको ।

प्रश्न ३: उक्त डिमाण्डमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

उत्तर: ११ गते अघिनै पासपोर्ट ल्याउन सकिने ।

प्रश्न ४: तोकिएको पद मध्ये पदहरुमा डिमाण्ड भए/नभएको ?

उत्तर: भएको ।

म्यानपावर १३: टाइटानिक मेनपावर सप्लायर्स प्रा. लि.

लट नम्बर: २२९१७२

फोन नम्बर: ०१-४३५३२५२

बिज्ञापनमा तोकिएको फाइनल अन्तर्वार्ता: पुष १० गते

म्यानपावरको प्रतिउत्तर:-

प्रश्न १: विज्ञापन अनुसार तोकिएको कम्पनिको डिमाण्ड छ कि छैन ?

उत्तर: डिमाण्ड भएको ।

प्रश्न २: तोकिएको दिन अन्तर्वार्ता भए/नभएको ?

उत्तर: भएको ।

प्रश्न ३: उक्त डिमाण्डमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

उत्तर: १० गते अघिसम्ममा म्यानपावरमा आएर आवेदन दिन सकिने ।

प्रश्न ४: तोकिएको पद मध्ये पदहरुमा डिमाण्ड भए/नभएको ?

उत्तर: भएको ।

म्यानपावर १४: कालिका ह्युमन रिसोर्स प्रा. लि.

लट नम्बर: २२९५६७

फोन नम्बर: ०१-४३६५२८१

बिज्ञापनमा तोकिएको फाइनल अन्तर्वार्ता: पुष १० गते

म्यानपावरको प्रतिउत्तर:-

प्रश्न १: विज्ञापन अनुसार तोकिएको कम्पनिको डिमाण्ड छ कि छैन ?

उत्तर: डिमाण्ड नभएको ।

प्रश्न २: तोकिएको दिन अन्तर्वार्ता भए/नभएको ?

उत्तर: नभएको (डिमाण्ड नै छैन भनेको) तर पछि म्यानपावरका सरहरुलाई सोध्न सुझाव)।

प्रश्न ३: उक्त डिमाण्डमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

उत्तर: पाइदैन ।

प्रश्न ४: तोकिएको पद मध्ये पदहरुमा डिमाण्ड भए/नभएको ?

उत्तर: नभएको ।

म्यानपावर १५: मादी ओभर्सिस प्रा. लि.

लट नम्बर: २२९०३७

फोन नम्बर: ०१-५१८११३८

बिज्ञापनमा तोकिएको फाइनल अन्तर्वार्ता: पुष १८/१९ गते

म्यानपावरको प्रतिउत्तर:-

प्रश्न १: विज्ञापन अनुसार तोकिएको कम्पनिको डिमाण्ड छ कि छैन ?

उत्तर: डिमाण्ड छ ।

प्रश्न २: तोकिएको दिन अन्तर्वार्ता भए/नभएको ?

उत्तर: भएको ।

प्रश्न ३: उक्त डिमाण्डमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

उत्तर: फाइनल अन्तर्वार्ता अघि प्रि दिन आउनुस ।

प्रश्न ४: तोकिएको पद मध्ये पदहरुमा डिमाण्ड भए/नभएको ?

उत्तर: भएको ।

म्यानपावर १६: सिजनल मेनपावर कम्पनी प्रा. लि.

लट नम्बर: २२९४९३

फोन नम्बर: ०१-४३५१२१०

बिज्ञापनमा तोकिएको फाइनल अन्तर्वार्ता: पुष १० गते

म्यानपावरको प्रतिउत्तर:-

प्रश्न १: विज्ञापन अनुसार तोकिएको कम्पनिको डिमाण्ड छ कि छैन ?

उत्तर: डिमाण्ड छ ।

प्रश्न २: तोकिएको दिन अन्तर्वार्ता भए/नभएको ?

उत्तर: भएको ।

प्रश्न ३: उक्त डिमाण्डमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

उत्तर: पुष १० गते अघिसम्ममा आवेदन दिन आउनुस ।

प्रश्न ४: तोकिएको पद मध्ये पदहरुमा डिमाण्ड भए/नभएको ?

उत्तर: भएको ।

हामीले माथि गरेको टेलिफोन छड्केलाई आधार मान्ने हो भने १६ मध्ये १३ म्यानपावर कम्पनीले पत्रिकामा डिमाण्ड छापे अनुसार डिमाण्डमा अन्तर्वार्ता भएको र बैदेशिक रोजगारमा जान चाहेका युवाहरुले म्यानपावर कम्पनीमा आएर आवेदन दिन सक्ने जानकारी दिएका छन् । बाँकी ३ म्यानपावर कम्पनिले पत्रिकामा डिमाण्ड छापेर अन्तर्वार्ताको मिति समेत दिएका छन् तर फोन गर्दा डिमाण्ड छैन भनेका छन् । यति गते अन्तर्वार्ता भनेर पत्रिकामा डिमाण्ड छापेकै दिन बैदेशिक रोजगारमा जान चाहेकाहरुले फोन गर्दा डिमाण्ड छैन भन्दै भ्रम छर्ने काम भईरहेको भन्दै गुनासोहरु आउन थालेपछि साझा सबाल मिडियाले आफै कामदार बनेर टेलिफोन छड्के गरेको हो ।