2026-10-16 04:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियास्थित दुतावासले १२ सय रिंगिट भन्दा कम तलवको मागपत्र स्वीकृत नगर्ने

पुष १५, काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले जनवरी २, २०२० देखि १२ सय रिंगिट भन्दा कम तलवको मागपत्र स्वीकृत नगर्ने भएको छ । दूतावासले एक सूचना जारी गर्दै सो मितिदेखि आधारभूत तलव १२ सय भन्दा कमको मागपत्र प्रमाणिकरणका लागि पेश नगर्न अनुरोध गरेको हो ।

मलेसियाको मानव संशाधन मन्त्रालयले  सन् २०२० को जनवरी १ तारिख देखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकहरुको तलब बढाउने निर्णय गरेको थियो । मलेसियामा हाल कामदारको न्यूनतम तलब ११ सय रिंगेट रहेको छ । 

मलेसियाली सञ्चार माध्यमहरुमा न्यूनतम तलब लागू हुने ५७ वटा शहरको नाम सार्वजनिक भएको छ । ती शहरहरुमा जोहोरबहरु , इस्कन्डर, पुटेरी, अलोर सेटर, मेलाका बेर्सेजर्हा, पुलाउ पिनान्ङ, सेबेराङ पेराइ, इप्हो, शाह अलम, पेटालिङ जय, क्वाला तेरेन्गानु, कुचिङ उतरा, कुचिङ सेलेटन, मिरीकोटा किनाबालु, क्लालालम्पुर ,बाटु पहट रहेका छन् ।  त्यसैगरी अन्य शहरहरुमा क्लुआङ, कुलाई, मुअर, सेगामट, पसिर गुडाङ, कुलिम, सुंगाई पेटानी, लङकवाई, कुवाङ पासु, कोटा भारु, अलोर गजाह, जसीन, हाङ तुह जय, सेरेम्बन,. निलाई, पोर्ट डिक्सन, जेम्पोल, कुआन्टन, तेमेरलोह, बेन्टोङ, मनजुङ, क्वाला कंग्सर, ताइपिङ रहेका छन् । 

 त्यस्तै तेलुक इन्तान, कङगर, अम्पाङ जय, कजाङ, क्लाङ, सेलयाङ, सुवङ जय, सेपाङ, केमामन, डङ्गन, पडवान, सिबु, समराहन, बिन्टुलु, सन्दकन, तवाउ, लाबुअन र पुत्रजयमा पनि बढेको नयाँ तलवमान लागू हुने छ । मलेसिया नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यका रुपमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु