2026-10-16 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व स्वीकृतिका फाइलहरु पौष २२ भित्र टुङ्गाइसक्न म्यानपावर कम्पनीलाई विभागको निर्देशन

मनोज पराजुली । पुस १५, काठमाडौं । बैदेशिक रोजगार विभागले पुस १५ सम्म वैदेशिक रोजगार कार्यालय ताहाचलमा पेश गरिएका पूर्व स्वीकृतिका फाइलहरु पौष २२ भित्र टुङ्गाइसक्न म्यानपावर कम्पनीलाई समयसीमा दिएको छ । विभागले अंग्रेजी नयाँ वर्षबाट आफ्ना सेवा पूर्ण रुपमा अनलाइन प्रणाली (वैदेशिक रोजगार सूचना प्रणाली) बाट प्रदान गर्न लागिएकोले यसअघिका फाइललाई २ हप्ताभित्र टुंग्याउन समयसीमा दिईएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए ।

प्रमाणीकरण भईसकेका तर वैदेशिक रोजगार कार्यालय ताहाचलमा पेश नभएका फाइलहरु पेश गर्न र पूर्व स्वीकृति लिईसक्न पौष मसान्तसम्मको म्याद दिइएको उनले बताए । सन् २०२० जनवरी १ देखि सबै राजदूतावासबाट प्रमाणीकरण गरिएका कागजातहरु वैदेशिक रोजगार सूचना प्रणालीबाट प्राप्त भएको आधारमा म्यानपावर संस्थाका मागपत्रका लागि अनलाइन पूर्व स्वीकृति, विज्ञापन प्रकाशन, अनलाइन आवेदन र अनलाइन श्रम स्वीकृति प्रारम्भ गरिने भुसालले जानकारी दिए ।

पौष १७ विहिबारबाट सबै ८५३ इजाजतपत्रवाला संस्था (म्यानपावर)का सूचना प्रणाली चलाउने कर्मचारीहरुका लागि विभिन्न चरणमा तालिम सञ्चालन गरिने डा. भुसालले बताए । विदेशस्थित सबै नेपाली राजदूतावासले विद्युतीय सुशासनको यो महाअभियानमा हातेमालो गर्नेमा हामी पूर्णतः विश्वस्त रहेका छौं, उनले भने “अब पालो अनलाइन बीमा प्रिमियम भुक्तानीको….बीमा कम्पनीहरु! अब उठौं, जागौं, विद्युतीय सुशासनतर्फ लम्कौं। ढीला भयो। अनलाइन व्यक्तिगत पुनः श्रम स्वीकृति र कूटनैतिक नियोगबाट पुनः श्रम स्वीकृतिको हलो त्यहीं अड्कियो।”

बीमा समितिले वैदेशिक रोजगार सम्बन्धी वीमालेख जारी गर्दा र नवीकरण गर्दा लाग्ने दस्तुर अनलाइन प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गर्न वीमा समितिले ४ वटा वीमा कम्पनीलाई निर्देशन दिइसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । अहिलेसम्म बीमा बापतको प्रिमियम रकम अनलाइनमा भुक्तानी गर्ने व्यवस्था थिएन ।  यसअघी भूसालले वीमा कम्पनीहरुले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सौतेलो व्यवहार गरेको भन्दै सार्वजनिक रुपमा नै आलोचना गरेका थिए । सो पश्च्यात श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बीमा समिति र बैदेशिक रोजगार विभाग विच बीमा बापतको रकम अनलाइन प्रणालीबाट भुक्तानी गर्न सहमति जुटेको थियो ।

सरकारले विदेशमा रहेको नेपालको कुटनीतिक नियोगबाट नै बढीमा २ पटकसम्म पुन: श्रम स्वीकृति दिन सक्नेगरि बैदेशिक रोजगार नियमावली संसोधन गरेको थियो तर सो अनुरुप कार्यन्वयनमा भने आउन सकेको छैन । कुटनीतिक नियोगबाट नै पुन: श्रम स्वीकृति हुने व्यवस्थाका लागि विभागले आवश्यक समन्वय गरिरहेको भएपनि प्रगति हुन नसकेको विभागको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु