2026-10-16 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरि खुल्यो जापानमा केयर गिभरको रोजगारी

पुष १९, काठमाडौँ | जापानले फेरि नर्सिङ केयर गिभरका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । यअसघि एक चरणमा परीक्षा सञ्चालन गरिसकेको जापानले जनवरी र मार्चमा गरी दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन गर्न लागेको हो ।

जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय जनाले परीक्षामा सहभागी हुन पाउनेछन् । जापान फाउन्डेसनले परीक्षामा सहभागी हुन चाहनासँग आवेदन माग गरेको छ ।

जनवरी ७, ८, १४, १५, १६, २१, २२, २३, २८ र २९ तारिखमा परीक्षा सञ्चालन हुनेछ ।

मार्चमा ३, ४, ५, ९, १०, ११, १२, १५, १६, १७, १८ र १९ तारिखमा पनि परीक्षाको मिति तोकिएको छ ।

जापानले यसअघि कात्तिक सञ्चालन गरेको भाषा परीक्षामा ५६ जना नेपाली उत्तीर्ण भएका थिए । तर उनीहरु मध्ये कतिले सीप परीक्षा पास गरे भन्ने जानकारी दिइएको छैन ।

यो पटक पनि परीक्षा शुल्क २ हजार ५ सय तोकिएको छ । परीक्षा कम्प्युटरमा आधारित हुनेछ । युनिभर्सल ल्याग्वेज एन्ड कम्प्युटर इन्स्िटच्युट डिल्लीबजारमा परीक्षा केन्द्र तोकिएको छ ।

स्त्रिmप्ट, भुक्याबलरी, कन्भेक्सनल एन्ड एक्स्प्रेसन, राइटिङ टाइप र कम्प्युटरमा टाइपिङ स्किलमा आधारित भएर परीक्षा हुनेछ । २५० पुर्नांकको परीक्षामा २ सय अंक आएर उत्तीर्ण गराइने सूचनामा उल्लेख छ ।

परीक्षामा आवेदन दिन नेपाली नागरिकता, राहदानी वा सवारी चालक अनुमतिपत्र आवश्यक पर्नेछ ।

परीक्षामा सहभागी हुन जापानी भाषामा ए टू लेभल आवश्यक पर्नेछ । दैनिक जीवनमा आवश्यक पर्ने कामका लागि सहजै भाषा बुझ्ने र बोल्ने क्षमता पनि न्युनतम् योग्यताका रुपमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु