२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबदेखि वैदेशिक रोजगार ठगीका उजुरी प्रहरी कार्यालयमै दिन सकिने, विभाग र प्रहरी विच समझदारी

२०७६, २७ पुष आईतवार १२:२५

पुस २७, काठमाडौं । अबदेखि वैदेशिक रोजगारीका क्रममा हुने ठगि तथा समस्याका उजुरी प्रहरी कार्यालयमा नै दिन सकिने व्यवस्था गरिएको छ । वैदेशिक रोजगार विभाग र नेपाल प्रहरी विच आज भएको समझदारी अनुरुप ठगीका उजुरी प्रहरी कार्यालय बाट नै दिन सकिने व्यवस्था लागू भएको हो ।

वैदेशिक रोजगारीको नाममा हुन सक्ने मानव वेचविखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्ने विषयमा दुई पक्षीय समझदारी भएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए । पीडित व्यक्तिको संरक्षक तथा पुनःस्थापना गर्न विभाग र नेपाल प्रहरी अन्तर्गत रहेको अपराध अनुसन्धान विभाग विच समझदारी भएको भुसालले बताए ।

वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत नलिएका व्यक्ति, संस्था, फर्म वा एजेन्सीबाट  वैदेशिक रोजगार सम्बन्ध कार्य गर्ने वा वैदेशिक रोजगार सम्बन्धि ठगीमा सम्लग्न हुनेलाई कानूनको दायरामा ल्याई कारवाही चलाउने तथा त्यस्ता कार्य नियन्त्रण गर्न एक आपसमा सहकार्य गर्ने सहमती भएको महानिर्देशक भुसालले बताए । वैदेशिक रोजगारीको क्रममा हुने मानव वेचविखन निवारणका लागि प्रभावकारी समन्वय र सहकार्य गर्दै प्रचलित कानूनको परिधी भित्र रहि सूचनाहरु आदान प्रदान गर्न सहमतिले सहझ गर्ने उनले बताए ।

अबदेखि ठगीमा परेको बारे पीडितले नजिकको प्रहरी कार्यलयमा निवेदन दिन सक्नेछन् भुसालले भने ''त्यस्ता निवेदन उपर प्रहरीको क्षेत्राधिकार भए प्रहरीको निकाएले हेर्ने नभए वैदेशिक रोजगार विभागले हेर्ने गरी सहमति भएको छ ।''  वैदेशिक रोजगारीका नाममा हुने गरेका उजुरीहरु जिल्ला प्रशासन कार्यालयले समत लिन सक्ने हाल व्यवस्था छ । आजबाट लागू भएको सहमतिले पीडितको उजुरी तथा गुनासा सम्बधित व्यक्तिको नजिकको प्रहरी कार्यालयमा समेत दिन सक्ने व्यवस्था गरेको छ ।

भोलिका दिन देखि अनाधिकृत रुपमा वैदेशिक रोजगारीमा काम गर्नेलाई घण्टी बजेको छ, भुसालले भने "अब आफ्नो नजिकको प्रहरी कार्यलयले पीडितको निवेदन लिन्छ आवश्यक प्रारम्भिक अनुसन्धान शुरु गर्छ र आवश्यक भए विभागलाई त्यसबारे जानकारी दिन्छ ।'' नेपाल प्रहरीसंग भएको सहमतिले विदेसमा बसेर वैदेशिक रोजगारीको लागि काम गरि ठगी गर्नेलाई कारवाही गर्न सहझ हुने भुसालको भनाई छ । 

अबदेखि संस्थागत उजुरी पनि प्रहरी कार्यलयले लिने र त्यस्ता विबरण विभागमा पठाउने उनले बताए । 'वैदेशिक रोजगार ऐन २०६४' ले कारवाहीको दायरामा ल्याउन नसकेका वा अनुसन्धान तहकिकात गर्न विधमान कानूनी व्यवस्था तथा उपलब्ध जनशक्तिले नसकेका विषयहरु सूचना सहित सूचनाको प्रकृति अनुसार नेपाल प्रहरीको अनुसन्धान विभाग र मानव वेचविखन अनुसान्धान व्युरोलाई उपलब्ध गराई ठगि तथा मानव वेचबिखन सम्बन्धि मुद्धाको अभियोजनमा वैदेशिक रोजगार विभागले सघाउने समझदारी भएको छ । अनुसन्धान तथा अभियोजन संयुक्त रुपले गर्नुपर्ने अवस्थामा दुवई निकायले अनुसन्धान अधिकृतको संयुक्त टोलि परिचालन गरि साधिकार निकायबाट मुद्धा अगाडी बढाउन सक्नेछ। साथै नियमित र सहज समन्वय र सहकार्यका लागि समन्वय समितिको सचिवालय वैदेशिक रोजगार विभागमा रहने जनाइको छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ