2026-10-17 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार विभागको अनलाइन सेवा ठप्प, श्रम स्वीकृति नपाउंदा टिकट रद्द गर्दै व्यवसायी

मनोज पराजुली । माघ ३, काठमाडौं । वैदेशिक रोजगार विभागले संचालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या आएको छ । विभागले संचालन गरेको सर्भरमा समस्या आएका कारण अनलाइन मार्फत हुने काम गर्नमा असहज भएको विभागका आइटी इन्जिनिएर राजु श्रेष्ठले जानकारी दिए ।

अनलाइन सिस्टममा समस्या देखिएको छ, सुधारको लागि प्रयास गरिरहेका छौं, श्रेष्ठले भने ‘आज अनलाइनबाट हुने सबै काम बन्द छ, हिजो केहीबेर काम गरेपनि आज चल्न सकेको छैन ।’ माघ १ देखि नै केहि प्राविधिक समस्या देखिएकोले यस अगाडी नै टिकट बुकिंङ्ग गरिसकेका व्यवसायीलाई टिकट पछाडी सार्न उनले अनुरोध गरेका छन् । 

विभाग मातहत रहेको श्रम कार्यालय ताहाचलका निर्देशक सुरेश जोशीले सर्भरका कारण सेवाग्राहीलाई कुनैपनि सेवा दिन नसकिएको बताए । सिस्टम चलेपछि पहिलो प्राथमिकता टिकट बुक गरेर अन्तिम श्रम स्वीकृति लिन आउनेलाई दिइने उनले बताए । आज शुक्रबार भएका कारण पनि दिनभर अन्तिम श्रम स्वीकृतिको काम नभए शनिबार र आइतबार टिकट बुक गरेकाहरुको टिकट रद्ध भएमा ठुलो रकम नोक्सानी हुनेछ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले विभागका अनलाइनमा समस्या आएका कारण म्यानपावर व्यवसायीले अनावश्यक आर्थिक भार खेप्नुपरेको बताए । अन्तिम श्रम स्वीकृति नभएकै कारण धेरै व्यवसायीले लिएका टिकट हिजो रद्ध भएको जानकारी आएको बताउंदै उनले छिटो भन्दा छिटो समस्या समाधान गर्न अनुरोध गरे ।

विभागले २०२० को जनवरी १ बाट आफ्ना सम्पूर्ण सेवा पूर्ण रुपमा अनलाइन प्रणाली (वैदेशिक रोजगार सूचना प्रणाली) मार्फत शुरु गरेको थियो । तर अनलाइन सेवामा पनि पटक पटक प्राविधिक समस्या देखिंदा सेवा प्रभावित हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु