2026-10-17 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुस महिनामा मात्रै ५२ हजार युवा विदेशिए, यी हुन्, धेरै कामदार पठाउने टपटेन म्यानपावर

मनोज पराजुली । माघ १२, काठमाडौं । वैदेशिक रोजगारीको लागि पुस महिनामा मात्रै ५२ हजार भन्दा बढी युवा विदेशिएका छन् । संस्थागत, रिईन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरण गरी गत महिनामा ५२ हजार २ सय २५ जना रोजगारीका लागि विदेशिएका हुन् । 

वैदेशिक रोजगार विभागको पुस महिनाको रेकर्ड अनुसार सबै भन्दा धरै कामदार मलेसिया गएका छन् । गत महिना ७ हजार ८ सय ४१ जना गत महिना मलेसिया गएका छन् । मलेसियापछि साउदीमा नेपाली कामदार गएका छन् । पुसमा साउदी अरब जानेको संख्या ६ हजार ३ सय २८, यूएई जानेको संख्या ५ हजार ६ सय ५९ रहेको छ, भने कतार जानेको संख्या ४ हजार ८ सय २२ रहेको छ ।  पुस महिनामा श्रम स्वीकृति लिएर विश्वका विभिन्न ८४ मुलुकमा नेपाली कामदार पुगेका छन् । 

चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा नै २ लाख ५० हजार भन्दा बढी नेपाली विदेशिएका छन् । विभागले सार्वजनिक गरेको साउन महिना देखि पुस सम्म ६ महिनाको रेकर्ड अनुसार रोजगारीको लागि कुल २ लाख ५३ हजार १३ जना नेपाली विदेशिएका हुन् ।

दि रिभर ओभरसिज एक नम्बरमा 

दि रिभर ओभरसिज प्रा.लि. सबै भन्दा बढी कामदार पठाउने म्यानपावर सूचीको पहिलो नम्बरमा परेको छ । रिभरले पुस महिनामा मात्रै ५ सय ९३ कामदार पठाएको छ । मंसिर महिनामा ४ सय ८५ जना विदेश पठाएर ब्ल्यू ओसियन पहिलो स्थानमा रहेको थियो । 

प्याराडाइज इन्टरनेशनल प्रा.लि.ले ४ सय ५१ कामदार पठाएर सूचीको दोश्रो नम्बरमा परेको छ। तेश्रो नम्बरमा रहेको कोशी ईन्टरनेशनल सर्भिस प्रा.लि.ले ४ सय ३२ जना पठाएको छ । मंसिर महिनामा दोश्रोमा रहेको एस.ओ.एस सर्भिसेस् प्रा.लि. ले ४ सय ३२, तेश्रोमा रहेको नौकरी नेपाल प्रा.लि.ले  ३ सय ६८ जना विदेश पठाएका थिए ।

पुस महिनामा चौथो नम्बरमा रहेको अन्जली ओभरसीज सर्भिस प्रा.लि.ले ३ सय ६०, एस.ओ.एस सर्भिसेस प्रा.लि.ले ३ सय १७ कामदार पठाएर पाँचौं, २ सय ८७ कामदार पठाएर भिजन एण्ड भ्यालु ओभरसीज प्रा.लि छैठौं नम्बरमा परेको छ । डिके रिभर ओभरसीज प्रा.लि. र ग्राण्ड शिखर ओभरसीज प्रा.लि. ले समान २ सय ७१ जना कामदार पठाएर सातौं, मास ह्युमन रिसोर्स प्रा.लि.ले २ सय ५८ कामदार पठाएर आठौं, ए एस ईन्टरनेशनल ग्रुप प्रा.लि ले २ सय ४७ जना कामदार पठाएर नवौं र २ सय २० कामदार पठाएर साउण्ड लाइन्स दशौं स्थानमा परेको छ । 

विभागमा दर्ता रहेका ८ सय ५४ म्यानपावर कम्पनी मध्ये पुस महिनामा ७ सय ६८ म्यानपावर कम्पनीले मात्र कामदार पठाएका छन् । पुस महिनामा सय जना भन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीको संख्या ५३ रहेको छ भने दश जना भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीको संख्या २ सय ७३ रहेको छ । ८६ म्यानपावर कम्पनीले एकजना पनि कामदार पठाएका छैनन् । 

अदक्ष कामदार बढी 

पुस महिनामा श्रम स्वीकृति लिएका मध्ये सबैभन्दा धेरै अदक्ष कामदार रहेका छन् ।  गत महिना २९ हजार ९ सय ६५ अदक्ष कामदार विदेश पुगेका छन् । त्यस्तैगरी सीपयुक्त जनशक्ति १७ हजार ६०६, अर्धसिप भएका ४ हजार २०, व्यवसायिक सिप भएका २८ जना र विशिष्ट सिप भएका ६ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ । सरकारले आगामी ५ वर्ष भित्र बाध्यकारी बैदेशिक रोजगार अन्त्य गर्ने लक्ष्य लिएको छ तर त्यस अनुरुप काम हुन नसक्दा युवाहरु बैदेशिक रोजगारीमा जाने क्रम भने रोकिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु