2026-10-17 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रहेका नेपालीलाई दुतावासको अत्यन्त जरुरी सूचना

माघ १५, रियाद । साउदी सरकारले ल्याएको पछिल्लो बहिर्गमनको व्यवस्था अनुरूप नेपाल फर्किन चाहने नेपालीहरुको लागि फारम तथा कागजात संकलन गर्न साउदी अरब स्थित नेपाली राजदूतावासले सहयोग गर्ने भएको छ । साउदी सरकारले साउदी अरबमा रोजगारीमा रही विविध कारणले अकामा नबनेका वा अकामा नवीकरण नगरेका वा नभएका, कम्पनी छोडी भागेका, सार्वजनिक सजाय नपाएका वा सजाय भुक्तानी गरिसकेका विदेशी कामदारहरुका लागि वहिर्गमनको व्यवस्था गरेको छ । 

साउदी सरकारले ल्याएको यो बहिर्गमन योजना अन्तर्गत स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फिर्कन आवश्यक पर्ने फारम र कागजातहरु राखी पत्रसहित सम्बन्धित श्रम कार्यलयमा जानका लागि नेपाली राजदूतावासले माघ १८ गते (१ फेब्रुअरी २०२०) हाफर अल बातिनमा कर्मचारीहरु खटाई फारम र निवेदन संकलन गर्ने भएको छ । दिउँसोको १२ बजे देखि ४ बजे सम्म तोकिएको स्थानमा उपस्थित भई फारम भरेर बहिर्गमन व्यवस्थाको फाइदा लिई स्वदेश फर्किनुहुन दुतावासले अनुरोध गरेको छ । कुनै समस्या भएमा सम्पर्क व्यक्तिका रुपमा सविन परियार (फोन नं. 0593258235) लाई कल गर्न सकिने दुतावासले जनाएको छ । 

तोकिएको स्वरूपको निवेदन (निवेदनको ढाँचा कार्यक्रम स्थलमा रहनेछ), अकामाको प्रतिलिपि-३ प्रति र  राहदानी र भिषाको प्रतिलिपी ३ प्रति आवश्यक पर्ने दुतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु