2026-10-17 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा बेपत्ता भई जेलमा भेटिएका तामाङ्ग नेपाल फिर्ता, श्रीमती र छोरी भने इन्डोनेसियामा (भिडियो)

माघ १८, काठमाडौँ । २०६४ सालमा मलेसिया गएका उदयपुरका सोम कुमार तामाङ बिहिबार नेपाल फिर्ता भएका छन् । गत मङ्सिरमा सोमकुमार मलेसियाको जेलमा रहेको कुरा मलेसिया भ्रमणको क्रममा रहेका बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिएपछि संचार माध्यमहरु मार्फत उनको परिवारको खोजि भएको थियो । 

उदयपुर जिल्ला, साविक मयखु वडा नं ३ (हाल कटारी न.पा. वडा नं १३, बरबास) निवासी धनबहादुर तामाङ्गका छोरा हुन् सोम कुमार तामाङ । २०६४ सालमा बैदेशिक रोजगारीको क्रममा मलेसिया गएका उनि उतै बेपत्ता भएका थिए । 

मलेसिया गएको डेढ बर्षसम्म आफ्नो परिवारसंग नियमित सम्पर्कमा रहेका तथा पैसा पठाएका तामाङलाई कम्पनीले तोके जति तलब नदिएपछि अबैधानिक बनेको बताएका छन् । अबैधानिक बसेपछि मोबाइल हराएको र आफ्नो परिवारसंग सम्पर्क टुटेको उनले बताएका छन् । कम्पनी छाडेको केहि समय उनले मलेसियामै अर्को कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गरे सोहि क्रममा एक इन्डोनेसियाकि युवतीसंग प्रेममा परेपछि बिबाह समेत गरेका थिए । बिवाहपछि उनीहरुको छोरी जन्मिएको तर एक दिन ड्युटीबाट आए लगत्तै मलेसिया इमिग्रेसनले पक्राउ गरि जेल हालेको उनले बताएका छन् । इमिग्रेसनले तामाङको श्रीमती र छोरीलाई समेत इन्डोनेसिया पठाएको तामाङले बताएका छन् । 

मलेसियाको जेलमा रहेका तामाङलाई बैदेशिक रोजगार बिभागका महानिर्देशक डा. भिष्म कुमार भुषालले भेटेपछि उद्दार सम्भव भएको भन्दै उनका भाई राजकुमार तामाङले डा. भुषाललाई धन्यवाद दिए । बिहिबार नेपाल फर्किएका तामाङलाई लिन उनका भाई एयरपोर्ट पुगेका थिए । उनले भने ‘दाईलाई फोटोको आधारमा चिने । अरु सबै लगेज र पासपोर्ट बोकेर एयरपोर्टबाट बाहिरिदै गर्दा एउटा मान्छे खाली हात एउटा कागजात बोकेर बाहिरिदै गरेको देखें, अनि फोटो हेरेर आफ्नै दाई हो भन्ने चिनें ।’ उनका भाईले बताए  ।

बिहिबार नेपाल फर्किएका तामाङसँग साझा सबाल मिडियाले कुराकानी गरेको भिडियो तल हेर्न सक्नुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु