2026-09-25 08:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस निकट म्यानपावर व्यवसायीलाई चुनावी रन्को, को को छन् अध्यक्षका दावेदार ?

मनोज पराजुली । माघ २०, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले नयाँ नेतृत्वको लागि व्यवसायीहरु विच तीव्र प्रतिष्पर्धा हुने भएको छ । फोरमले आगामी शुक्रबार अर्थात माघ २४ गते नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने योजना सहित साधारणसभा हुँदैछ ।

साधारण सभामा भाग लिने आधिकारीक प्रतिनिधि सहित आफनो संस्थाको नवीकरण गर्नेको संख्या ३ सय नजिक रहेको छ । करिब ३ सय व्यवसायीबाट एक जना अध्यक्षको लागि फोरममा ४ जना व्यवसायीले आफ्नो दावी कायम राख्दै चुनावी माहोल तताएका छन् । अध्यक्ष पद सहित कार्यसमितिमा सहमतिको प्रयास भएपनि हालसम्म सार्थक नतिजा निस्कन सकेको छैन ।

फोरमको वर्तमान कार्यसमितिको समयावधि आगामी भदौसम्म रहेको भएपनि नेतृत्व पंक्तिका व्यवसायी नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचित भएपछि निर्वाचन गराई नयाँ नेतृत्व छान्ने प्रक्रिया शुरु भएको हो । 

फोरमका तत्कालीन अध्यक्ष हंशराज वाग्लेलाई अपदस्थ गरिएपछि उक्त पद रिक्त रहँदै आएको छ । त्यसअघि नै सचिवको पद पनि रिक्त थियो । कार्यवाहक अध्यक्ष सुजित श्रेष्ठ सहित ५ जना व्यवसायी नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिमा निर्वाचित भइसकेका छन् । 

नेपाली काँग्रेसको सुभेच्छुक संस्थाको हैसियतमा रहेको फोरमको निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ । २०६३ सालमा स्थापना भएको फोरमका संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाट पछि क्रमशः यम बहादुर केसी, किरणकिशोर घिमिरे, बिमल ढकाल, प्रज्ञान न्यौपाने र विष्णुप्रसाद गैरे सबै कार्यसमिति निर्विरोध रुपमा निवाचित भएका थिए । सहमति हुन नसकेपछि अघिल्लो पटक नेतृत्व निर्वाचनको माध्यमबाट चयन भएको हो ।

फोरमको विधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरु सहित २१ सदस्यीय रहने भएपनि कार्यसमितिमा १७ जनाको निर्वाचन भएको हो भने ४ जना कार्यसमिति सदस्यको निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचनको मिति नजिकिएसंगै फोरममा नेतृत्वका आकांक्षीहरु सक्रिय भएका हुन् ।

एक पटक महिला नेतृत्व : सिता देवकोटा

अध्यक्षकी आकांक्षी रहेको सिता देवकोटाले फोरम संस्थापक उपाध्यक्ष हुँदै हालसम्म महिला व्यवसायी अध्यक्ष नभएकोले यस पटक महिलाले पालो पाउनुपर्ने बताइन् ।  वैदेशिक रोजगार बोर्डमा व्यवसायीको तर्फबाट प्रतिनिधि भई ६ बर्षसम्म काम गरेकी देवकोटा २०६२ सालदेखि नै यस क्षेत्रमा क्रियाशील छिन्  | व्यवसाय सुरक्षित नभई कामदार सुरक्षित नहुने भन्दै उनी व्यवसायीलाई परेका अप्ठ्यारा सरकारबाट सम्बोधन गराउनको लागि नै आफुले फोरमको नेतृत्व दावी गरेको बताऊँछिन्  | ‘सरकारले वैदेशिक रोजगार आवश्यकता हो/होइन अब बोल्नुपर्छ, आवश्यकता भए १०० जना अनिवार्य विदेश पठाउनु पर्ने बाध्यकारी व्यवस्था अन्त्य हुनुपर्छ त्यसैका लागि मेरो लडाई हुनेछ’ उनले भनिन्  | 

नीतिगत सुधारमा परिपक्क छु : ऋषि शर्मा 

अध्यक्षका अर्का आकांक्षी अधिवक्ता समेत रहेका ऋषि शर्माले आफ्नो दावी कायम रहेको बताएका छन् । फोरमको बरिष्ठ उपाध्यक्ष भईसकेका शर्माले संघमा अहिलेसम्म कांग्रेस निकट व्यवसायीलाई जिताउन लागिपरेको भन्दै यसपटक आँफै अध्यक्षको उम्मेदवार भएको बताए । २०४६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक रुपमा प्रवेश गरेका उनी २०५६ सालमा गृहमन्त्री पूर्णबहादुर खड्काको स्वकीय सचिव भएर समेत काम गरिसकेका छन् ।

हाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्न लागेको भन्दै यसमा व्यवसायीका समस्या नीतिगत रुपमा नै समाधान गर्न पहल गर्नको लागि पनि आफ्नो भूमिका अब्बल हुने उनको दावी छ । व्यवसायीका मुद्दामा संघ चुकेमा खबरदारी गर्ने बलियो संगठन आवश्यक रहेको भन्दै उनले अध्यक्षमा आफ्नो दावी अन्तिम समयसम्म कायम हुने बताए ।

१२ वर्ष संघमै योगदान गरेको छु : भुवन गुरुङ

अध्यक्षका आकांक्षी रहेका गुरुङ्ग व्यवसायीको छाता संगठनलाई अगाडी राखेर अन्य घटकहरुलाई सम्वन्यकारी भूमिका निर्वाह गर्न आफ्नो दावी रहेको बताउँछन् । उनले  संघमा सदस्य, तृतीय उपाध्यक्ष र दित्तीय उपाध्यक्ष भई १२ वर्षसम्म निरन्तर काम गरेका छन् । वैदेशिक रोजगार व्यवसायमा १६ वर्षदेखि सक्रिय गुरुङले संघमा रहंदा वैदेशिक रोजगार विभागमा संघको तर्फबाट प्रतिनिधित्व गर्दै व्यवसायीका उजुरी फरफारक गर्नमा महत्वपूर्ण भूमिका खेलेका थिए । विभागमा संस्थागत रुपमा परेका १२ सय उजुरी मध्ये १ हजार उजुरी फरफारक गरेकोले पनि आफुले व्यवसायीका समस्या बुझेको भन्दै उनले ति समस्या समाधान गर्न नीतिगत सुधारको लागि पनि आफ्नो उम्मेद्वारी रहने बताए ।

सहमतिको लागि बाध्य हुन्न : नरेन्द्र प्रसाद ढकाल 

फोरमको सदस्य, उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष भैसकेका नरेन्द्र प्रसाद ढकाल अध्यक्षका आकांक्षी रहेको बताउंछन्  | सहमतिको बाधक नभएको तर निर्वाचन हुने अवस्था आएमा अध्यक्षमा उम्मेद्वारी दिने उनले बताए | फोरमको गत निर्वाचनमा हंशराज वाग्लेसंग पराजित भएका उनी संघको पुर्व सदस्य समेत हुन्  | विगत २० वर्ष देखि वैदेशिक रोजगार व्यवसायमा सक्रिय रहेका ढकाल व्यवसायीको छाता संगठनलाई अगाडी राखेर अन्य घटकहरुसंग समन्वयकारी  भूमिका निर्वाह गर्न पनि आफ्नो उम्मेद्वारी रहने बताउँछन् | सेवा शुल्क परिमार्जन लगायत व्यवसायीका साझा समस्या समाधान गर्न फोरमको अध्यक्षमा आफ्नो दावी रहेको उनले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक