2026-10-17 12:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घानाको अस्तित्वमा नरहेको कम्पनीमा १२ नेपाली पठाउन लागेको भन्दै तत्काल रोक्न अनुरोध

माघ २८, काठमाडौं । घानाको अस्तित्वमा नै नरहेको एक तेल कम्पनीमा १२ जना नेपालीलाई काम लगाउने भन्दै पठाउन लागेको खुलेको छ । एनआरएनए घानाले एक विज्ञप्ति जारी गर्दै गौशालामा रहेको सनराइज ह्युमन रिसोर्स प्रा. लि ले अक्रोमेट ओइल (तेल) कम्पनीका नाममा आइतबार १२ जना नेपाली घाना पठाउन लागेको जानकारी आएकोले तत्काल रोक्न माग गरेको छ । 

संघले मेनपावर कम्पनीले पठाउन लागेको तेल कम्पनी घानामा अस्तित्वमै नरहेको दाबी गरेको छ । एनआएरएनए घानाले आइतबार उनीहरुलाई ल्फाइ दुबइ र इमिरेट्सबाट घाना ल्याएर अलपत्र पारिन लागेको खबर प्राप्त भएको भन्दै सजक रहन सूचित गरेको छ ।

सोही कम्पनीले यसअघि पनि घाना पठाएका दुई नेपाली अलपत्र परेको र एनआरएनए घानाले उद्धार गरी घर फर्काउने प्रयास गरिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘दलाल मेनपावरको दुस्चक्रमा फस्दै गरेका ती १२ जना नेपालीहरुलाई रोक्न र सम्बन्धित मेनपावर कम्पनीमाथि थप अनुसन्धान र कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौं । साथै घानामा अलपत्र परिरहेका यी दुई नेपालीलाई घर फिर्ताका लागि समन्वय गर्नसमेत नेपाल सरकारलाई अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु