2026-10-17 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षा गार्डमा नेपाली श्रमिकको विकल्प नभएको मलेसियाको दावी

फागुन १, काठमाण्डौ | बैदेशिक रोजगारी नेपालीका लागि बाध्यता बनेको छ | दैनिक करिब एक हजार देखि १५ सय सम्म युवाहरु रोजगारीको खोजीमा विदेशिने गरेका छन् | बाध्यात्मक बैदेशिक रोजगारीका कारण आफ्नो ज्यान समेत विदेशमै गुमाउनु परेको दर्दनाक पिडा पनि त्यति टाढा छैन |

जीवनको स्थिति माथि उठाउने आशमा विदेशियका युवाहरु दैनिक दुई देखि ४ जना रातो बाकसमा लास बनेर आउने गरेको तथ्यांक छ | एकातिर घरको आर्थिक अवस्था र अर्को तिर विदेशको पिडा उस्तै चर्को गर्मीमा पनि एक छाक टार्नका लागि दैनिक पशिना बगाएर खाडीमा जीवन गुजार्नु परेको नेपाली युवाको आँसु र पिडा हो |

केहि समय पहिले मलेसियामा बन्द भएको रोजगारी फेरी खुलेसंगै विदेशिनेको संख्या बढिरहेको छ | सोहि क्रममा मलेसियाको गृह मन्त्रालयले बुधबार सुरक्षा गार्डको काममा नेपाली श्रमिकको विकल्प नरहेको स्पस्ट पारेको छ |

नेपाली श्रमिकको विकल्पको रुपमा पाकिस्तानी श्रमिकलाई लिन लागेको भन्ने विषयमा मलेसियाले बुधबार उक्त कुरा स्पस्ट पारेको हो | विकल्पको रुपमा स्थानीय नागरिकलाई नै सुरक्षा गार्ड सम्बन्धी तालिम दिने र उनीहरुलाई नै सुरक्षा गार्डको काममा प्रेरित गर्ने मलेसियाले बताएको छ |

केही समयअघि मलेसियाले नेपाली श्रमिकको विकल्पको रुपमा पाकिस्तानबाट एक लाखदेखि एक लाख ५० हजारसम्म सुरक्षा गार्ड लिने भनेर पाकिस्तानको स्थानीय पत्रिका ‘द नेशन’ले खबर प्रकाशित गरेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु