फागुन १, काठमाडौँ । वैदेशिक रोजगारीको लागे कुवेत गएका ६ जना नेपालीको काम गर्ने ठाउँमा बालुवाढुंगाको ढिस्कोले पुरिएर मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

मुत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् । दुई मृतकको पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ । दुर्घटनामा परी धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । घाइतेमध्ये शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासका श्रम काउन्सिलर ज्ञानेन्द्र शर्माले जानकारी दिए ।

उनीहरु कुवेतस्थित 'युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी' मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । घटनास्थल दूतावासबाट करिब डेढ घन्टाको दूरीमा रहेको छ । घटनालगत्तै दूतावासका कर्मचारीले घाइते कामदारको उपचारमा सहजीकरण गरेका थिए ।

कुवतेमा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु, ४ जनाको पहिचान खुल्यो (नामावली सहित)