2026-10-17 02:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नेपालीले भारती विमानस्थल प्रयोग गरेर विदेश जान नपाउने,दुतावासको यस्तो आग्रह

फागुन ५, काठमाडौँ | नेपालबाट भारत हुँदै तेश्रो मुलुक जाने नेपाली युवाले भारतीय विमानस्थलबाट जान नपाउने भएका छन् | भारत सरकारले नेपालबाट स्थलमार्ग हुँदै दिल्लीको विमानस्थलबाट विदेश जाने नेपालीलाई रोक लगाउने निर्णय गरेसंगै भारतको बाटो नेपालीले प्रयोग गर्न नपाउने भएका हुन् | 

भारतस्थित नेपाली राजदुतावासका अनुसार भारतीय बिमानस्थलमार्फत् विदेश जाने नेपाली युवालाई विमानस्थलमै रोक लगाइने भएको छ | भातमा रहेको नेपाली दुतावासले बिज्ञप्ति जारि गर्दै भारतीय बिमानस्थलमार्फत् विदेश जाने नेपाली युवालाई विमानस्थलमै रोक लगाइने भएकाले नेपालकै विमानस्थल प्रयोग गर्न सुझाव दिएको छ | 

भारत हुँदै तेस्रो मुलुक जानका लागि नेपालको अध्यागमन विभागले छाप लगाएको हुनुपर्ने तर स्थल मार्गबाट जाने नेपालीलाई पासपोर्टमा छाप लगाउने व्यवस्था अध्यागमन विभागले नगरेको भन्दै दुतावासले नेपाली विमानस्थलमार्फत नै गन्तव्यतर्फ जान सुझाव दिएको हो |

नेपालको अध्यागमन विभागको छाप नभएको राहदानीबाहक भारतीय बिमानस्थल प्रयोग गरी तेस्रो मुलुक जान नपाउने व्यवस्था रहेको भन्दै समस्याबाट बच्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै प्रयोग गर्न दुतावासले विज्ञप्ति मार्फत जानकारी दिएको छ |

हेर्नुहोस् विज्ञप्ति :



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु