2026-10-17 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा नेपाली महिलाले स्मरणशक्ति गुमाइन्, उनको परिवारको खोजी हुँदै

फागुन ५, काठमाडौं। वैदेशिक रोजगारीका लागि युएई पुगेकी याम कुमारी थापाले दुबईमा स्मरणशक्ति गुमाएर सबैथोक बिर्सिएकी छिन् । हाल उनको आफन्त वा साथी खोज्नका लागि देशव्यापी रुपमा अभियान संचालन गरिएको छ ।

उनी ४६ वर्षकी थापा अरबी भाषा राम्रोसँग बोल्न सक्छिन् । अक्टोबर २०१९ देखि उनी दुबइको एक अस्पतालमा छिन् जहाँ उनको मस्तिस्कको अपरेशन पनि भएको छ तर उनले केही सम्झिन सकिरहेकी छैनन् । 

उनीसँग कुनै आफन्त वा साथी छैनन् । उनका रोजगारदाता को हुन् भन्ने पनि पत्ता लगाउन नसकिएको सामाजिक कार्यकर्ता लैला अबु बाकरलाई उद्धृत गर्दै गल्फ न्यूजले लेखेको छ । विगत ४ महिनादेखि लैलाले थापाका आफन्त, रोजगारदाता वा साथी भेट्टाउने प्रयास गरिरहेकी छिन् ताकि उनी नेपालमा कहाँकी हुन् भन्ने पत्ता लगाउन सकियोस् र उनलाई स्वदेश फर्काउन सकियोस् । गल्फ न्यूजसँग कुरा गर्दै अबु बाकरले बताए अनुसार थापालाई अक्टोबर महिनाको तेस्रो साता अचेत अवस्थामा एम्बुलेन्मा दुबइ अस्पताल ल्याइएको थियो ।

थापालाई अस्पतालले आज फेब्रुअरी १७ सोमबारका दिन डिस्चार्ज गर्दैछ । अबु बाकरले आज उनलाई आफूसँगै लैजाने भएकी छिन् । ‘मसँग कुनै विकल्प छैन’ अबु बाकरले गल्फ न्यूजसँग भनिन् ‘उनको जिम्मेवारी लिन कोही अगाडि आएका छैनन् ।’ अबु बाकरका अनुसार थापा राम्रोसँग अरबी बोल्छिन् यसबाहेक उनी नेपाली पनि बोल्छिन् । यसबाहेक उनलाई केही सम्झना छैन । उनलाई एउटा कुरा मात्र याद छ कि उनका एक छोरा छन् । ‘उनी आफ्नो एक छोरा भएको भनिरहन्छिन् । यो उनीसँग भएको एकमात्र सम्झना हो’ अबु बाकरले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु