2026-10-17 01:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीको लागि ३ लाख नेपाली विदेशीए, यी हुन् धेरै कामदार पठाउने म्यानपावरहरु (सूचीसहित)

मनोज पराजुली । फागुन ६, काठमाडौं । वैदेशिक रोजगारीको लागि विदेशिने नेपालीको संख्या ३ लाख कटेको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नै ३ लाख १ हजार ६८७ नेपाली रोजगारीका लागि विदेशिएका हुन् ।

माघ महिनामा मात्रै ४८ हजार भन्दा बढी युवा विदेशिएका छन् । संस्थागत, रिईन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरण गरी गत महिनामा ४८ हजार ६ सय ७४ जना रोजगारीका लागि विदेशिएका वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । 

माघ महिनामा संस्थागत रुपमा म्यानपावर कम्पनी मार्फत २५ हजार १७१ जना विदेश गएका छन् । व्यक्तिगत रिईन्ट्री  मार्फत २५ हजार २५५, व्यक्तिगत नयाँ श्रम स्वीकृतिमा १२ सय ३४ जना विदेश गएका छन् ।

साउदीमा सबैभन्दा धेरै कामदार  

वैदेशिक रोजगार विभागको माघ महिनाको रेकर्ड अनुसार सबै भन्दा धरै ११ हजार ११० कामदार साउदी गएका छन् । साउदी पछि युएई १० हजार ८९, कतार १० हजार ७६४, 

२ हजार २९८ जना कुवेत गएका छन् ।

पुसमा साउदी अरब जानेको संख्या ६ हजार ३ सय २८, यूएई जानेको संख्या ५ हजार ६ सय ५९ रहेको थियो, भने कतार जानेको संख्या ४ हजार ८ सय २२ रहेको थियो । माघ महिनामा रोजगारीका लागि ८२ वटा देशमा नेपाली पुगेका छन् । पुस महिनामा श्रम स्वीकृति लिएर विश्वका विभिन्न ८४ मुलुकमा नेपाली कामदार पुगेका थिए । 

दि रिभर ओभरसिज एक नम्बरमा 

माघ महिनामा पनि दि रिभर ओभरसिज प्रा.लि. सबै भन्दा बढी कामदार पठाउने म्यानपावर सूचीको पहिलो नम्बरमा परेको छ । रिभरले माघ महिनामा ५ सय २० जनालाइ विदेश पठाएको छ भने पुस महिनामा पनि ५ सय ९३ जना विदेश पठाएर रिभर पहिलो स्थानमा रहेको थियो । 

एसओएस म्यानपावर सर्भिसले ३ सय ६८ जना विदेश पठाएर सूचीको दोश्रो नम्बरमा परेको छ। प्याराडाइज इन्टरनेशनल प्रा.लि.ले ३ सय ३० जना पठाएर तेश्रो नम्बरमा परेको छ । चौंथोमा साउण्डलाइन्स रिक्रुईटमेन्ट ३०८, पाचौंमा रहेको कोशी ईन्टरनेशनल सर्भिस प्रा.लि.ले २८१ जना विदेश पठाएको छ ।

पुस महिनामा दोश्रो नम्बरमा प्याराडाइज इन्टरनेशनल, तेश्रोमा कोशी ईन्टरनेशनल सर्भिस परेका थिए । विभागमा दर्ता रहेका ८ सय ५४ म्यानपावर कम्पनी मध्ये माघ महिनामा ७ सय ५४ म्यानपावर कम्पनीले मात्र कामदार पठाएका छन् । पुस महिनामा ७ सय ६८ म्यानपावरले श्रम स्वीकृति निकालेका थिए । 

माघ महिनामा सय जना भन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीको संख्या ५३ रहेको छ भने दश जना भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीको संख्या २ सय ५९ रहेको छ । त्यस्तै एक जना मात्रै कामदार पठाउनेमा ४३ म्यानपावर कम्पनी रहेका छन् । माघ महिनामा १ सय म्यानपावर कम्पनीले एकजना पनि कामदार पठाएका छैनन् । 

अदक्ष कामदार बढी 

पुस महिनामा श्रम स्वीकृति लिएका मध्ये सबैभन्दा धेरै अदक्ष कामदार रहेका छन् ।  गत महिना २७ हजार ४ सय १७ अदक्ष कामदार विदेश पुगेका छन् । त्यस्तैगरी सीपयुक्त जनशक्ति १६ हजार ७१९, अर्धसिप भएका ४ हजार ४९१, व्यवसायिक सीप भएका ४२ जना र विशिष्ट सीप भएका ५ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

सरकारले आगामी ५ वर्ष भित्र बाध्यकारी बैदेशिक रोजगार अन्त्य गर्ने लक्ष्य लिएको छ तर त्यस अनुरुप काम हुन नसक्दा युवाहरु वैदेशिक रोजगारीमा जाने क्रम भने रोकिएको छैन । 

माघ महिनामा धेरै कामदार पठाउने म्यानपावरहरु 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु