साउन १, काठमाडौं । साउन १ गतेदेखि विदेशबाट फर्कने नेपालीले ल्याउन पाउने समानहरुमा नयाँ नियम लागु हुने भएको छ । यो नीति बमोजिम विदेशबाट नेपाल स्वदेश फर्कने नेपालीहरुले सरकारले परिवर्तन गरेको ‘झिटीगुन्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १, काठमाडौं । साउन १ गतेदेखि विदेशबाट फर्कने नेपालीले ल्याउन पाउने समानहरुमा नयाँ नियम लागु हुने भएको छ । यो नीति बमोजिम विदेशबाट नेपाल स्वदेश फर्कने नेपालीहरुले सरकारले परिवर्तन गरेको ‘झिटीगुन्ट"/>
2026-10-15 07:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल फर्कँदै हुनुहुन्छ ? त्यसो भए साउन १ गतेदेखि ‘झिटीगुन्टा आदेश’ जारी हुँदैछ

साउन १, काठमाडौं । साउन १ गतेदेखि विदेशबाट फर्कने नेपालीले ल्याउन पाउने समानहरुमा नयाँ नियम लागु हुने भएको छ । यो नीति बमोजिम विदेशबाट नेपाल स्वदेश फर्कने नेपालीहरुले सरकारले परिवर्तन गरेको ‘झिटीगुन्टा आदेश’बारे थाहा पाउनु अनिवार्य छ । किन भने यसबारे जानकारी नलिँदा तपाइले विदेशबाट नेपाल ल्याउनु भएको केहि बस्तुहरु जफत हुन सक्छ वा तपाई स्वयम् कारबाहीमा पर्न सक्नुहुन्छ ।

सरकारले विदेशबाट फर्किँदा ल्याउन पाइने केही वस्तुहरुलाई प्रतिवन्धित लगाएको छ । सरकारले विदेशबाट नेपाल फर्किंद सुन, मदिरा र समदर भन्सार लगायतका व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ । झिटीगुण्टा आदेशमा भएको यो नयाँ संशोधन अब साउन १ गतेदेखि लागू गरिँदैछ ।

के-के कुरामा नयाँ ब्यबस्था भयो ?

१. काँचो सुनचाँदी निषेध: विदेशबाट काँचो सुन लिएर नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टमा आउन पाइने छैन । सरकारले गहनाबाहेकको सुन बोक्न प्रतिवन्ध लगाएको छ । यस अघि विदेशबाट ६ महिना बसेका नेपालीले ४ सय ५० ग्रामसम्म काँचो सुन भन्सार तिरेर भित्र्याउन सक्थे । तर अब भने काचो सुन नभई बढीमा ५० ग्राम सुनका गहना मात्र ल्याउन पाइनेछ । यदी अटेर गरेर काँचो सुन कसैले ल्याएको भेटिए विमानस्थलमै जफत हुनेछ । त्यस्तै तयारी गहना पनि ५० ग्राम भन्दा बढी ल्याए भन्सारमा जफत हुनेछ । त्यसैगरी चाँदीका गहना पनि ५ सय ग्रामभन्दा बढी ल्याउन पाइने छैन ।

२. मदिरा बढीमा एक लिटर: विदशेबाट नेपाल फर्कंदा १ लिटर मात्र मदिरा ल्याउन पाईने भएको छ । यसअघि २ लिटरसम्म मदिरा भन्सार नै नतिरी ल्याउनु छुट थियो । तर, अब भने सरकारले त्यती धेरै छुट दिनेछैन ।

३. समदरमा भन्सार ४० प्रतिशत: नयाँ ब्यबस्था भएको नियमानुसार समदर भन्सारको नीति अन्तर्गत वस्तुअनुसार छुट्टा-छुट्टै भन्सार कर र मुल्य अभिवृद्धि कर लगाइन्थ्यो । तर अब भने एकैपटकमा ४० प्रतिशत समदर भन्सार तिर्नुपर्ने भएको छ । यो नियम अनुसार विदेशबाट फर्किनेले विमानस्थलबाट भन्सार तिरेर सामान ल्याउँदा वस्तुको बीजक मूल्यको ४० प्रतिशत अर्थात तिरेको मूल्यको ४० प्रतिशत बढी भन्सार तिर्नुपर्नेछ । ६ महिनासम्म विदेशमा बसेर फर्किएकाहरुले म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रीजीरेटर, वासिङ मेशिन, पङ्खा, रेडियो र १/१ थान ल्याउन सक्छन् । तर, यसमा पनि समदरमा भन्सार भने तिर्नुपर्छ । त्यस्तै १० किलोग्रामसम्म खाद्य सामाग्री ल्याउँदा पनि अब तोकिएको भन्सार तिर्नुपर्छ ।

त्यस्तै १५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान ल्याउँदा पनि समदरकै ४० प्रतिशत भन्सार तिर्नुपर्ने हुन्छ । त्यस्तै घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २/२ थानसम्म ल्याएमा भन्सार तिर्नुपर्नेछ ।

के-केमा तिर्नुपर्दैन भन्सार ?

नयाँ आदेश अनुसार ल्यापटप वा कम्प्युटर, ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा भन्सार छुट पाइने व्यवस्था छ । यस्तै बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ थान ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन । वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टेलिभिजन ल्याउन पाउनेछन् । ३२ इन्चभन्दा ठूलो टेलिभिजन ल्याएमा ४० प्रतिशत भन्सार महसुल तिर्नुपर्छ ।

निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना सामान लगयात व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउन भन्सार लाग्दैन । औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नो प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सार छुट दिईनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने