2026-10-17 01:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्रालयको गैर जिम्मेवारीपन:अभिमुखीकरण तालिम संचालन कार्यविधिमा त्रुटी नै त्रुटी

मनोज पराजुली । फागुन १२, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको अभिमुखीकरण तालिम संचालन कार्यविधि, २०७६ मा गम्भीर त्रुटी गरेको पाइएको छ ।

अभिमुखीकरण तालिम संचालन गर्ने संस्था दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि, २०७१ र निर्णय पूर्वको अभिमुखीकरण तालिम संचालन सम्बन्धि कार्यविधि, २०७२ लाई खारेज गरि २०७६ मा जारी गरिएको कार्यविधिमा गम्भीर त्रुटी नै त्रुटी भेटिएको हो । 

श्रम मन्त्रालयद्वारा गत साउन ८ गते स्वीकृत भई लागू भएको कार्यविधि निर्माणमा चरम लापरवाही गरिएको पाइएको छ । कतिसम्म कि, केहि बुंदा नम्बर नै छैन, भने केहीको बाँकि अम्श अर्को बुंदामा छ, भनिएको छ तर त्यसमा अघिल्लो अनुसार जानकारी नै समेटिएको छैन । तरपनि यो कार्यविधि हाल कार्यन्वयनमा रहेको छ । 

श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार वोर्ड कुनैको पनि वेबसाइटमा यो कार्यविधि राखिएको छैन । यस कार्यविधि अध्ययन गर्न चाहनेले जो कोहिले सहजै भेट्न सक्ने छैनन् किनकी मन्त्रालयको लापरवाहीले त्रुटीपूर्ण रहेको कार्यविधि गुपचुप राखिएको छ । आखिर के के छन् त, कार्यविधिमा त्रुटी ?

त्रुटी नम्बर १.

दफा ११. पूर्वाधार तयार गर्नुपर्ने : 

दफा ८ को उपदफा (२) बमोजिम निवेदन दिने सस्थाले दफा १२ बमोजिम संचालन अनुमति प्राप्त गर्नु अघि अनुसूची -२ बमोजिम भौतिक पूवाधार तयार गर्नुपर्नेछ उल्लेख छ तर दफा ८ को उपदफा २ कार्यविधिमा नै राखिएको छैन । दफा ८ मा प्रशिक्षकको योग्यता मात्र तोकिएको छ ।

त्रुटी नम्बर २. 

दफा ११ मा पूर्वाधार तयार गर्नुपर्ने अन्तर्गत संस्थाले दफा १२ बमोजिम तालिम संचालन गर्ने अनुमति प्राप्त गर्नु अघि अनुसूची २ बमोजिम भौतिक पूर्वाधार तयार गर्नुपर्नेछ लेखिएको छ तर कार्यविधिको दफा १२ मा भौतिक पूर्वाधार बारे कुनै उल्लेख नै छैन, केवल पूर्वाधार निरिक्षण सम्बन्धी व्यवस्था मात्र गरिएको छ । 

कार्यविधिमा तालिम प्रदायक संस्थाको निरिक्षण सम्बन्धी फरक व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका र उपत्यका बाहिरको लागि फरक/ फरक तहका कर्मचारीले अनुगमन गर्न सक्ने व्यवस्था गरिएको छ । काठमाडौंको लागि उपसचिव स्तरको कर्मचारीले गर्ने तर उपत्यका बाहिर कार्यालय प्रमुख वा अधिकृत स्तरको कर्मचारीले निरिक्षण गर्ने व्यवस्था राखिएको छ । एकै प्रकृतिको संस्थालाई फरक/ फरक तहका कर्मचारीले निरिक्षण गर्ने व्यवस्था गरिएको छ । 

कार्यविधिमा तालिम दिने प्रक्षिक्षकको लागि न्युनतम योग्यता १२ कक्षा पास राखिएको छ, अघिल्लो कार्यविधिमा स्नातक पास हुनुपर्ने व्यवस्था रहेको थियो । त्यस्तै हालको कार्यविधि समय सापेक्ष समेत रहेको छैन । वैदेशिक रोजगार सूचना प्रणाली कार्यन्वयनमा आई श्रम स्वीकृतिका सम्पूर्ण प्रक्रिया अनलाइन प्रणालीमा गएको छ तर यस कार्यविधिले ती विषय समेट्न सकेको छैन ।

कार्यविधिको दफा ४ मा तालिम संचालन सम्बन्धी उल्लेख छ । जसको बुंदा २ अन्तर्गत प्रशिक्षार्थिले तालिम कक्षामा उपस्थित र पस्थान समयको विधुतीय हाजिरीको दैनिक अभिलेख राखी तालिम अवधि समाप्त भए पश्च्यात संयोजकबाट प्रमाणित गराई अनलाइन माध्यमबाट सचिवालय र विभागमा पठाउनुपर्ने उल्लेख छ तर हाल वैदेशिक रोजगार विभागले संचालनमा ल्याएको वैदेशिक रोजगार सूचना प्रणालीमा यी अपडेट गराउने कुनै विकल्प नै छैन । यस बारे वैदेशिक रोजगार नियमावलीमा कुनै व्यवस्था नै छैन। 

त्रुटी भेटियो, सुधार गर्दैछौं : मन्त्रालय 

श्रम मन्त्रालयले अभिमुखीकरण तालिम संचालन कार्यविधि, २०७६ मा त्रुटी देखिएको भन्दै संसोधन प्रक्रिया शुरु गर्ने बताएको छ । हालको कार्यविधिमा केहि त्रुटी भेटिएकाले संसोधनको लागि प्रक्रियामा रहेको मन्त्रालयका सहसचिव एवं रोजगार समन्वय महाशाखा प्रमुख उमेश ढुङ्गानाले बताए ।

हेर्नुहोस् कार्यविधि 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु