2026-10-17 01:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको त्रास: वैदेशिक रोजगारीमा नजान अपिल

फागुन १९, काठमाडौँ | सरकारले नेपाली नागरिकहरुलाई सकेसम्म विदेश भ्रमणमा नजान आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ट्राभल एड्भाइजरी (यात्रा चेतावनी) जारी गरेको हो ।

सरकारले विदेश भ्रमणको योजना नबनाउन अपील गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । सरकारले कोरोना भाइरसको गम्भीर संक्रमण देखिएका देशहरुमा अत्यावश्यक काममा बाहेक नजान आग्रह गरेको छ । 

यस्तै वैदेशिक रोजगारीमा जाने योजना तत्कालका लागि स्थगित गर्न समेत सरकारले अपील गरेको छ । मध्य पूर्वका देशहरुमा रोजगारीमा जान सरकारले अनिवार्य रोक नलगाएको भएपनि कोरोनाको त्रास रहेसम्म वैदेशिक रोजगारमा जान उपयुक्त नहुने जनाएको छ । तत्कालका लागि रोजगारीका लागि विदेश जाने योजना स्थगित गर्न सरकारले अपील गरेसंगै वैदेशिक रोजगार व्यवसायमा समेत प्रभाव पर्ने देखिएको छ । त्यसो त त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समेत माक्स लगाएर जान अपिल भएको छ । 

आइतबार मात्र ३० जना नेपालीलाई बहराइनले इमिग्रेसनबाट प्रवेश नदिएपछि वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई सम्बन्धित देशले फिर्ता गर्न सक्ने बुझिएको छ ।

ठूलो संख्यामा नेपालीहरु रोजगारीका लागि मध्यपूर्वका मुलुकहरुमा जाने गरेका छन् । खाडी मुलुकसहित थाइल्याण्ड र चीनमा ठूलो संख्यामा घुमघामका लागि जाने गर्छन् । यसबाहेक व्यापार–व्यवसायका सिलसिलामा समेत जाने गर्छन् ।

सरकारले दक्षिण कोरियामा कोरोनाको उच्च त्रासका बीच इपीएल प्रणालीबाट कामदार नपठाउने निर्णय समेत हालका लागि स्थगित गरेको छ । त्यस्तै अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई एनओसी (नो अब्जेक्सन लेटर) दिन समेत रोक लगाइएको छ । 

:: वैदेशिक रोजगारको सम्पूर्ण गतिबिधि पाउन यहाँ क्लिक गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु