2026-10-17 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विश्वभर ८० लाख नेपाली छन् तिनीहरुलाई तत्काल नेपाल फिर्ता बोलाउंदैनौं’ : श्रममन्त्री

फागुन २२, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विश्वभर रहेका नेपालीलाई तत्काल नेपाल फिर्ता बोलाउने पक्षमा सरकार नरहेको बताएका छन् । हाल विश्वभर कोरोना भाइरस (कोभिड–१९) कारण त्रास फैलिरहेका बेला श्रममन्त्रीले तत्काल नेपालीहरुलाई नेपाल फिर्ता बोलाउने पक्षमा नरहेको बताएका हुन् । 

साझा सबाल अनलाइनसंग कुराकानी गर्दै मन्त्री यादवले भने ‘हाल भारत सहित विश्वभर ८० लाख नेपाली छन्, तिनीहरुलाई तत्काल फिर्ता बोलाउने पक्षमा छैनौं।’ सरकार पर्ख र हेरको अवस्थामा रहेको भन्दै उनले परराष्ट्र मन्त्रालय लगायत सरोकारवाला निकायसंग निरन्तर छलफलमा रहेको बताए । उनले विदेशिने नेपालीलाई दिइने श्रम स्वीकृति तत्कालका लागि स्थगित नगरिएको पनि बताए ।

तर मंगलबार बिहान साझा सबाल अनलाइनसंग बोल्दै उनले कोरोनाका कारण तत्कालका लागि श्रम स्वीकृति स्थगित गरिएको बताएका थिए । सो पश्चात उक्त समाचार प्रकाशित भएपछि विभिन्न संचार माध्यमलाई जानकारी दिंदै स्थगित नगरिएको भन्दै उनले बोली फेरेका थिए ।

नेपालले विश्वका १ सय ८ देशका लागि संस्थागत रुपमा र व्यक्तिगत तर्फ १ सय ७२ देशका लागि वैदेशिक रोजगारीमा जान खुला गरेको छ । चीनबाट शुरु भएर फैलिएको कोरोना भाइरस दक्षिण कोरियामा पनि देखिएपछि श्रम मन्त्रालयले ईपीएसमार्फत दक्षिण कोरियाको रोजगारीका लागि छनोट भएका कामदार तत्काल नपठाउने  निर्णय गरिसकेको छ । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तत्कालका लागि श्रम स्वीकृति कार्य बन्द नगर्न श्रम मन्त्रालयलाई दवाब दिंदै आएको छ । रोजगारदाता मुलुकले नेपाललाई बन्द नगरेसम्म श्रम स्वीकृति जारी राख्न आग्रह गर्दै आएको छ ।

कोभिड–१९ प्रभावः तत्कालका लागि श्रम स्वीकृति दिने कार्य स्थगित

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु