2026-10-17 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगार: व्यवसायी नेताकै म्यानपावरमा चर्को रकम लिँदा-लिँदै विभागको छापा

फागुन २२, काठमाडौँ | वैदेशिक रोजगार विभागले गौशालाको पिंगालास्थानमा रहेको हिमालयन भ्याली नेपाल प्रा.लि. म्यानपावरमा छापा हानेको छ । मलेसियाको ‘लिनाको म्यानुफेक्चरिङ’ कम्पनीमा फ्याक्ट्री वर्कर पदमा जान लागेका एक युवासंग ७० हजार रकम लिँदा-लिँदै विभागले छापा हानेको हो ।

म्यानपावरमा श्रम प्रतिनिधिको रुपमा कार्यरत कर्मचारी हस्त बहादुर तामाङले ति युवासँग मलेसिया जानको लागि १ लाख ६० हजार रकम मागेका थिए । पीडित युवाले भने ‘म सँग त्यत्रो पैसा छैन, १ लाख ३० हजार दिन्छु भन्दा नमानेपछि वैदेशिक रोजगार विभागमा निवेदन दिन पुगेको हुँ ।’ उनले भने ‘यस अघि मैले एजेन्ट मार्फत म्यानपावरलाई ३० हजार बुझाईसकेको छु ।’ 

ति युवाले सरकारले मलेसिया जान निशुल्क भनेको आफूलाई थाहा भए पनि बाध्य भएर अग्रिम ३० हजार बुझाउनु परेको बताए । आफूलाई चर्को रकम अशुल्न खोजेपछि वैदेशिक रोजगार विभाग पुगेको बताएका ति युवालाई म्यानपावर कम्पनीमा छापा हानेसँगै आजै बेलुका निशुल्क मलेसिया उडाउने सहमति भएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

विभागले चर्को रकम अशुली गर्ने म्यानपावर कम्पनीलाई फागुन २७ गतेभित्र संचालक सहित वैदेशिक रोजगार विभागमा हाजिर हुन पत्र काटेको छ | विभागले छापा हानेको हिमालयन भ्याली नेपाल प्रा.लि. नेकपा समर्थित प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंचका अध्यक्ष चित्र गुप्त सावा लिम्बु समेत संचालक रहेको म्यानपावर कम्पनी हो । 

सरकारले मलेसिया रोजगारीको लागि म्यानपावरले कामदारबाट कुनै सेवा-शुल्क लिन नपाउने गरि मलेसियासंग श्रम समझदारी गरिसकेको छ । तर म्यानपावर कम्पनीहरुले मलेसिया जाने युवाहरुसँग चर्को रकम अशुली गर्दै आएका छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु