2026-09-06 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा बिरामी परेका दुई नेपाली कामदारलाई एनआरएनएको सहयोग

फागुन २३, काठमाडौँ | मलेसियामा विरामी भएका दुई जना नेपालीलाई एनआरएनए मलेसियाले जनही एक-एक हजार रिङ्गगिट सहयोग गरेको छ | बैदेशिक रोजगारीको क्रममा मलेसियामा विरामी परेर अस्पतालमा थलिएका नवलपरासी जिल्ला सरावल गाउँपालिका ३ पटनीका बैजनाथ चौधरी र डडेलधुराका लोकबहादुर बिष्टलाई एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले सहयोग गरेका हुन् |

उनले नआरएनए मलेसियाको अध्यक्ष भएपछि कामदारहरुका लागि भन्दै ५० हजार रिङ्गगिटको कल्याणकारी कोष बनाएका थिए | उक्त कोषबाट उनीहरुलाई पहिलो चरणमा सहयोग गरिएको जनाइएको छ | चौधरी विगत सात वर्ष देखि रोजगारीको लागि मलेसियामा छन |

आफू कामगर्ने कम्पनीमा उचित पारिश्रमिक नपाएपछि उनी भागेर अन्य कम्पनीमा काम गर्न गएका थिए | उच्च रक्तचापको कारण बेहोस भइ उनी १ महिनादेखि क्वालालम्पुरस्थित युनिभर्सिटी मलाया अस्पतालमा उपचार गरिरहेका छन |

त्यस्तै सोही अस्पतालमै उपचाररत रहेका बिष्ट ६ वर्ष देखि मलेसियामा रोजगारी गरिरहेका छन | घर आउन कम्पनीले नदिएपछि उनी अर्को कम्पनीमा भागेर गएका थिए | बिष्टलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो |

उनको खुट्टा भाच्चिएको छ | दुबै जनालाई नेपाली दूतावास र एनआरएनले स्वदेश फिर्ताको लागि पहल गरिरहेका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ