2026-09-25 10:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालस्थित कतार भिसा सेन्टरको सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द

फागुन २७, काठमाडौं । नेपालस्थित कतार भिसा सेन्टरको सेवा बन्द भएको छ । वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण लगायत भिसा प्रक्रियाको काम गर्दै आएको भिसा सेन्टर अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको भिसा सेन्टरका  प्रमुख कार्यकारी अधिकृत गौरव क्षेत्रीले साझा सबाललाई जानकारी दिए । 

विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि कतारले नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। 

सोहि अनुरुप कतारको इमिग्रेशनले नेपालमा रहेको भिसा सेन्टरबाट हुँदै आएको काम तत्कालका लागि बन्द गर्न निर्देशन दिएकोले हाललाई नयाँ प्रक्रियाको सबै सेवा बन्द गरिएको क्षेत्रीले बताए । तर यसअघि मेडिकल प्रक्रिया गरेकाहरुको लागि पुन: मेडिकल गर्नुपर्ने भएमा भने सेवा दिइएको उनले बताए ।

भिषा  सेन्टरबाट रोजगारीका लागि कतार जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गरी कामदारको औंठा छाप लिई भिसा प्रदान गर्ने, कामदारले कतारस्थित रोजगारदातासँग सक्कली करारपत्रमा हस्ताक्षर गर्ने काम हुँदै आएको छ । जसका कारण नेपाली कामदार कतारले पुग्नासाथ आफ्नो परिचयपत्र पाउने गरेका छन् । 

गत जेठ १५ गते देखि राजधानीको महाराजगंजस्थित चक्रपथमा भिषा सेन्टर संचालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक