2026-10-17 02:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीस्थित दुतावासले भन्यो, ‘दुई सातासम्म साउदी आउजाउ नगर्नुस्’

चैत्र २, काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले बिदामा रहेका नेपाली कामदारलाई २ साता आउजाउ नगर्न अनुरोध गरेको छ ।  साउदी सरकारले २ साताका लागि सम्पूर्ण हवाई सेवा बन्द गरेसंगै आगामी दुई हप्ताका लागि साउदीमा रहेका नेपालीहरू घर विदामा नेपाल जाने तथा घर विदामा नेपालमा रहेकाहरू नेपालबाट साउदी आउन सक्ने अवस्था नरहेको दुतावासले जनाएको हो ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस साउदी अरबमा पनि देखिएको छ । यसबाट जोगिन सतर्कता अपनाएको उसले मार्च १५, २०२० देखि दुई हप्ताका लागि सम्पूर्ण हवाइ सेवा स्थगित गरेको छ । साउदी सरकारको हवाइ सेवा बन्द गर्ने निर्णयका कारण साउदी फर्कन नसक्नेहरूका लागि २ हप्ताको विशेष विदा दिने निर्णय पनि साउदी सरकारले गरिसकेको छ ।

दूतावासले पुनः श्रम स्वीकृति सिफारिशसँगै वहिर्गमनसम्बन्धी आवेदन संकलनका कार्यसमेत स्थगन गरेको छ । यो सेवा कार्य नेपाली राजदूतावास रियाद र राजदूतावासका दम्मामस्थित जनसम्पर्क अधिकारीबाट प्रवाह हुँदै आएको थियो । 

राजदूतावासले प्रदान गर्दै आएका सेवाग्राहीको भिडभाडपूर्ण उपस्थिति हुने घरेलु कामदारहरूका लागि जारी गरिने पुनः श्रम स्वीकृति सिफारिश हाललाई स्थगित गरेको छ । घर विदामा नेपालमा भएकाहरूले पनि यस अवधिमा आफ्ना कफिलहरूलाई सिफारिशका लागि राजदूतावासमा नपठाउन दुतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु