<p><b>चैत ३, काठमाडौं | </b>कोरोनाभाइरसका कारण नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा र गैरआप्रवासी भिसा अप्वइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ | मंगलबारबाट लागुहुने गरि दूतावासले यस्तो निर्णय गरेको हो |<br></p><p>स्थगित गरिएको भिसा छिट्टै सुरु गरिने दुतावासले बताएको छ | यद्यपि, मितिभने तोकेको छैन | दूतावासका अनुसार,यसअघि नै बुझाएको एमआरभी शुल्क भने मान्य हुनेछ | यसको प्रयोग एक वर्षभित्र जहाँ खरिद गरिएको हो, सोही मुलुकको भिसा आवेदनका लागि प्रयोग हुने दूतावासले जनाएको छ | </p><p>कुनै समस्या भए दूतावासमा सम्पर्क गर्न र तोकेको मापदण्डअनुसार आपतकालीन अप्वइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन दूतावासले भनेको छ |</p>
