2026-10-17 02:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा कोरोना संक्रमण देखिएका २ नेपालीको अवस्था के छ ?

चैत ३, काठमाडौँ | चिनको वुहानबाट सुरुभएर विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको त्रास जताततै बढेको छ | आर्थिक क्षेत्रमा होस् वा राजनीतिक,सामाजिक तथा रोजगारीको क्षेत्रमा पनि कोरोनाको कहर चलिनै रहेको छ |

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास यूएईमा पनि व्यापक रुपमा रहेको छ | रोजगारीको लागि युएई गएका दुई नेपालीमा समेत केहि समय अघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो | उक्त भाइरसको संक्रमण देखिएका २ नेपालीको अवस्था सामान्य रहेको त्यहाँस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ |

उनीहरुको अवस्था सामान्य भएपनि स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे छलफल भइरहेको अधिकारीले बताएका छन् | दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले कारोना संक्रमण देखिएका २ नेपालीको यूएईस्थित सरकारी निकायले उपचार गरिरहेको र अवस्था सामान्य रहेको बताएकी हुन् |

कोरोना संक्रमित नेपालीको अवस्थाबारे त्यहाँको स्वास्थ्य र परराष्ट्र मन्त्रालयमार्फत बुझिरहेको दूतावासले जनाएको छ | कोरोना संक्रमित २ नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे पनि छलफल भएपनि यूएईले आफ्ना देशमा कोरोना देखिएकालाई स्वदेश फर्काउन हाल सम्म अनुमति दिएको छैन | 

संक्रमित व्यक्तिहरुको परिचय भने खुलाइएको छैन | हाल सम्म युएइमा ९८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु