2026-10-17 02:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

चैत ४, काठमाडौँ | कतारमा रहेका नेपालीहरुलाई कोरोनाभाइरस (कोभिड-१९)बाट बच्न कतार सरकारले अपनाएका उपायहरु अपनाउन दूतावासले आग्रह गरेको छ | मंगलबार एक सूचना जारी गर्दै कतार सरकारले कोरोनाभाइरस सम्बन्धि अबलम्बन गरेका उपायहरु अपनाउन र जारी गरेका निर्देशनहरु पालना गर्न दूतावासले आग्रह गरेको हो |

कतारस्थित नेपाली दुतावासले जारी गरेको सूचनामा भनिएको छ,”कोरोनाभाइरसको जोखिमलाई न्यूनीकरण गर्ने उदेश्यले कतार सरकारले अपनाएका सबै प्रकारका उपायहरुको अबलम्बन गर्नु/गराउनु,जारी गरेका निर्देशनहरुको पालना गर्नु/गराउनु हामिसबैको कर्तब्य हो |” दूतावासले कोरोनाभाइरसबाट बच्न यस अघि जारी गरेका सुचनाहरूबारे स्मरण गराउंदै उच्च सतर्कता अपनाउन भनेको छ |

त्यस्तै कतारबाट नेपाली नागरिकहरुलाई विनाकारण डिपोर्टेसन गरिएको भन्ने समाचारको सन्दर्भमा पनि आफ्नो ध्यानाकर्षण भएको जनाउंदै कतार सरकारका सम्बन्धित निकायसँग जानकारी लिनेकाम भइरहेको बताएको छ |

कतार सरकारले तोकेका निषेधित क्षेत्रमा नजान वा भेला नहुन समेत दूतावासले आग्रह गरेको छ | ‘कतार सरकारले सम्बन्धित निकायबाट जारीहुने सबै प्रकारका निर्देशनहरुको अक्षरश पालना गर्नु’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ,’श्रमिकहरुको आवासीय क्षेत्रको आसपास सप्ताहन्त लगायत अन्य समयमा अबैधरुपमा पसल राखी सामानहरुको बेचबिखन गर्ने पाइएको र सो कुरा कतार सरकारले बन्देज गरेको हुँदा कम्पनीको आधिकारिक व्यक्तिसँग तोकिएको संख्या (२ जना )मा आधिकारिक स्थानबाट मात्र किनमेल गर्नु |’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु