2026-10-17 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

चैत ६, काठमाडौँ | दुबईमा रहेका नेपालीहरुलाई आफूले काम गरिरहेको कम्पनीको भिसा रद्द गर्ने, आवास छोडने, विदा लिई नेपाल जाने,आफ्ना परिवारका सदस्यहरूलाई युएइ ल्याउनेलगायतका कार्यहरू नगर्न दूतावासले आग्रह गरेको छ |

बुधबार बसेको नेपाल सरकार, नोभेल कोरोना (COVID-19) रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले युरोपका सबै मूलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मूलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मूलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मूलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० को मध्यराती देखि लागू हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेकोले उक्त कार्य नगर्न दूतावासले आग्रह गरेको हो |

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘संयुक्त अरब इमिरेट्समा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आफूले काम गरिरहेको कम्पनीको भिसा रद्द गर्ने, आवास छोडने, विदा लिई नेपाल जाने, आफ्ना परिवारका सदस्यहरूलाई युएइ ल्याउनेलगायतका कार्यहरू तत्कालका लागि नगर्नुहुन नेपाली राजदुतावास,अबुधाबी अनुरोध गर्दछ |’

त्यस्तै युएइको पहिचान र नागरिकताको लागि संघीय प्राधिकरण (Federal Authority for Identity and Citizenship)को सूचना अनुरूप युएइको आवासीय भिसा भएका व्यक्तिहरूका लागि १९ मार्च २०२० को अपरान्ह १२ बजेदेखि  हाल दुईहप्ताका लागि आगमन निषेध गरिएको समेत दुतावासले जानकारी दिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु