2026-10-17 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूराना कार्यविधि उल्ट्याउँदै श्रम मन्त्रालय, अभिमुखीकरण तालिम अब ३ दिन नहुने, २ दिन मात्रै हुने

मनोज पराजुली । चैत्र ६ काठामाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा लिनुपर्ने अभिमुखीकरण तालिमको समयावधि अन्तत: २ दिन नै हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अभिमुखीकरण तालिम संचालन कार्यविधि, २०७६ को पहिलो संसोधन गर्दै तालिम अवधि २ दिन नै कायम गरेको हो ।

श्रम मन्त्रालयद्वारा गत साउन ८ गते स्वीकृत भई लागू भएको कार्यविधिमा तालिम अवधि २ दिनबाट बढाएर ३ दिन (दैनिक ६ घन्टाको दरले १८ घन्टा) को हुने बनाइएको थियो तर त्यसलाई श्रम मन्त्रालयले संसोधन पहिलो गर्दै पुन २ दिन नै कायम गरेको हो । 

श्रम मन्त्रालयको गैर जिम्मेवारीपन:अभिमुखीकरण तालिम संचालन कार्यविधिमा त्रुटी नै त्रुटी

अभिमुखीकरण तालिम संचालन गर्ने संस्था दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि, २०७१ र निर्णय पूर्वको अभिमुखीकरण तालिम संचालन सम्बन्धि कार्यविधि, २०७२ लाई खारेज गरि २०७६ मा जारी गरिएको कार्यविधिमा त्रुटी नै त्रुटी भेटिएको बारे साझा सबालले समाचार प्रकाशन गरेको थियो । सो पश्च्यात मन्त्रालयले त्रुटी सच्याउंदै तालिम अवधि पनि पुन: पहिलेकै लागू हुने गरि कार्यविधि संसोधन गरेको छ । 

किन पछि हट्यो श्रम मन्त्रलाय ?

तत्कालीन श्रममन्त्री गोकर्ण विष्ट र श्रम सचिव महेश दहाल हुँदा विदेश जाने श्रमिकलाई आवश्यक सम्पूर्ण जानकारी दिन २ दिनको समय कमि हुने भन्दै तालिम अवधि ३ दिन पुर्याउने गरी कार्यविधि ल्याइएको थियो । अभिमुखीकरण तालिम अवधि बढाउने अवस्था किन आयो ? र अहिले पुन: कार्यविधि नै संसोधन गरि घटाउनुपर्ने अवस्था आयो त ? यस विषयमा श्रम मन्त्रालयका सचिव विनोद केशी बोल्न नै चाहँदैनन् भने प्रवक्ता सुमन घिमिरे आफुंलाई जानकारी नै नभएको बताउंदै आएका छन्  । 

सचिव केशी भन्छन् ‘विदेशमा त जम्मा एक दिनको तालिम अवधि हुन्छ, त्यो स्किल तालिम होइन किन चाहियो ३ दिन ?’ किन पुरानो कार्यविधि रोकिएको हो भन्ने विषयमा उनी बोल्न चाहेनन् । यो वोर्डले गर्ने काम हो भन्दै उनले गैरजिम्मेवार पूर्ण जवाफ दिएका छन् । तर विदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ कार्यविधि पास गराउने काम मन्त्रालयको भएको भन्दै तालिम अवधि थप गर्ने कुरामा सहमति नपाइएको बताए । हालको २ दिनको तालिमको प्रभावकारिता नै कायम गराउन वोर्डले नसकेको भन्दै ३ दिनको अवधि नहुने जवाफ मन्त्रालयले दिएको गुनासो गरे ।  वोर्डले अभिमुखीकारण तालिमको लागि आवश्यक नयाँ पाठ्यम तयार गरि लागू गराउन लागेको पनि उनले बताए ।

सचिवले फाइल रोकेको आरोप 

तर श्रममन्त्री विष्टको वहिर्गमन पछि आएका नयाँ श्रममन्त्री रामेश्वर राय यादव र श्रम सचिव बिनोद केशीले मिलेर पुरानो कार्यविधि लत्याउँदै समयाविधि घटाएका आरोप सरोकारवालाले लगाएका छन् । 

वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने संस्था दर्ता गर्न योग्यता तोक्नुका साथै तालिमको पाठ्यक्रम तर्जुमा र स्वीकृत गर्ने कार्य वोर्डले अधिकार क्षेत्र भित्र पर्दछ। श्रम मन्त्रालय, वोर्ड, वैदेशिक रोजगार विभाग, अभिमुखीकरण तालिम प्रदायक संस्थाको प्रतिनिधि रहेको पाठ्यक्रम निर्माण समिति रहनेछ, उक्त समितिले बनाएको पाठ्यक्रम वोर्डले स्वीकृत गरि कार्यन्वयनमा जाने व्यवस्था छ । पाठ्यक्रम वोर्डले भएपनि कार्यविधी मन्त्रालयले नै बनाउने हो तर बनाउने क्रममा सरोकारवाला संग छलफल नगरिएको गुनासो गरेका छन् ।

तालिम अवधिसंगै तालिम प्रदायक संस्थाले लिन पाउने हालको सेवा शुल्क ७ सय बाट बढाउनुपर्ने भएपनि सो रकम बढाउन श्रम सचिव नमानेपछि पुरानै कार्यविधिमा फर्किएको हुनसक्ने वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले बताए ।

विदेश जानेलाई नठगिन सिकाउने अभिमुखीकरण तालिमको पाठ्यक्रम, कहिले हुन्छ परिमार्जन ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु