2026-09-25 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया सहित खाडीका देशमा हुनुहुन्छ ? कोरोनाका कारण समस्या पर्दा अत्यावश्यक सम्पर्क नम्बरहरु

चैत ७, काठमाडौं । चीनबाट शुरु भएको कोरोना भाइरसबाट हाल विश्वका एक सय ८० देशका २ लाख ४५ हजार ६७१ जनामा सङ्क्रमण देखिएको छ । १० हजार ४९ जनाको ज्यान गएको छ भने ८८ हजार चार सय ४१ जना निको भएका छन् ।

वैदेशिक रोजगारीको लागि मलेसिया सहित खाडीका देशमा हुनुहुन्छ ? भने तपाईका लागि यो जानकारी महत्वपुर्ण हुनेछ । तपाई कार्यरत देशमा कोरोनाको प्रभाव के छ ? कार्यरत देशले कस्ता कस्ता नियम र निर्देशन दिएको छ ? कोरोना बाट बच्न सावधानी अपनाउन के के गर्नुपर्छ जस्ता विषयमा सबैले जानकारी राख्नु आवश्यक छ । साथै समस्या परे कहाँ सम्पर्क गर्ने र त्यस्ता सम्पर्क व्यक्ति र सम्पर्क नम्बरबारे जानकारी लिई राख्नु पर्दछ ।

हाल मलेसिया सहित खाडीका देशमा लाखौंको संख्यामा नेपालीहरु कार्यरत छन् । कार्यरत खाडीका देश र मलेसियामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या शुक्रबार बिहानसम्म २२ सय ४८ पुगिसकेको छ ।  हालसम्म यूएईमा दुई नेपालीमा कोरोनाको संक्रमण देखिएको छ भने खाडीका बाँकी देश र मलेसियामा अहिलेसम्म नेपालीमा कोरोनाको संक्रमण भएको पुष्टि भईसकेको छैन । 

अहिले सबै देशले सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजान अनुरोध गरेका छन् । साथै देश अनुसार आ आफ्ना नियम बनाई  लागू गराएका छन् ।  कुन देशमा कोरोनाको प्रभाव के छ ? हेरौं 

मलेसिया 

मलेसियामा कोरोना सङ्क्रमित सङ्ख्या ९०० पुगेको छ भने निको भएर ७५ जना घर फर्किएका छन् । कोरोनाको कारण हालसम्म २ जनाको मृत्यु भएको छ । ८ सय २३ अस्पतालमा उपचाररत छन् ।

कोरोनाको सङ्क्रमण फैलन नदिन मार्च १७ मङ्गलबारदेखि मार्च ३१ सम्म मलेसियामा ‘लकडाउन’ नै गरिएको छ । यस अवधिमा नेपालीसहित कुनै पनि विदेशी नागरिक मलेसिया प्रवेश गर्न पाउँदैनन् । यस अवधिका लागि सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ भने खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाइएको छ । 

कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ । 

कतार

कतारमा सङ्क्रमित सङ्ख्या ४ सय ६० पुगेको छ भने १० जना निको भएर घर फर्किएका छन् । ४ सय ५० जना अस्पतालमा उपचाररत छन्  । कतार सरकारले कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्न अनुरोध गरेको छ । 

कतारमा रहेको नेपाली दूतावासले शव नेपाल पठाउने, यात्रा अनुमति र पासपोर्ट जस्ता अत्यावाश्यक कामबाहेक अरु सेवाहरु रोकेको छ । 

दूतावासमा पासपोर्ट र यात्रा अनुमति पत्रका लागि द्वितीय सचिव ऋचा भट्टराईलाई ६६३१६९८५ नम्बरमा सम्पर्क गर्न सकिन्छ । मृतकसम्बन्धी सेवाका लागि द्वितीय सचिव भुवनप्रसाद भट्टलाई ६६७४२०६४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । नेपाली समुदायको सरोकारको विषयका लागि द्वितीय सचिव प्रवीण भट्टराईलाई ६६९५०७२४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । 

यूएई

यूएईमा हालसम्म कोरोनाको सङ्क्रमित सङ्ख्या १ सय ४० पुगेको छ, भने निको भएर घर ३१ जना घर फर्किएका छन् । दुई जना नेपालीसहित १०९ जना अझै अस्पतालमा उपचाररत रहेका छन् । 

यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भइसकेका छन् । मङ्गलबारदेखि यूएई भ्रमणमा आउनेहरुलाई सरकारले भिसा समेत नदिने निर्णय कार्यान्वयन गरेको छ । 

कोरोनाको प्रभाव देखिएसंगै यूएई सरकारले पर्यटकीय स्थलहरु, बिद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने सार्वजनिक स्थानहरुमा भेला नहुन अनुरोध गरेको छ । कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क सकिनेछ  । 

यूएईको Ministry of Health and Prevention( मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन) ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिन सकिनेछ । आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ । 

साउदी अरेबिया 

साउदीमा सङ्क्रमित सङ्ख्या २ सय ७४ पुगेको छ बहने ८ जना निको भएर घर फर्किएका छन् । अस्पतालमा उपचाररत २ सय ६६ रहेका छन् ।

साउदी सरकारले कोरोना भाइरस परीक्षणको लागि -Saudi Center for Disease Prevention and Control) साउदी  सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोल) लाई आधिकारिक प्रयोगशाला तोकेको छ । 

रुघाखोकी लागेमा, ज्वरो आएमा तथा श्वासप्रश्वासमा समस्या देखिएमा साउदी सरकारले तोकेका परीक्षणस्थल र प्रयोगशालामा मात्र जाँच गराउनुहोला । सङ्क्रमणको शङ्का लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको हेल्थ सर्भिस सेन्टरको सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहोस् । 

कसैलाई रुघाखोकी लागेको, ज्वरो आएको तथा श्वासप्रश्वासमा समस्या देखिएको भए ती व्यक्तिसँग भेट हुँदा वा बोल्दा कम्तीमा पनि एक मिटर टाढै रहनुहोस् । अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको ९६६१४६१११०८ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

बहराइन

बहराइनमा हालससम्म १ जनाको कोरोनाको कारण मृत्यु भैइसकेको छ भने सङ्क्रमित सङ्ख्या २ सय ७८ पुगेको छ । १ सय ६७ अस्पतालमा उपचाररत :रहेका छन् भने ११० जना निको भएर घर फर्किएका छन् ।बहराइनमा अवतरण गर्ने उडानहरु १८ मार्चदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् । बहराइनले सबै लेबर क्याम्प सरसफाइ गर्ने र प्रत्येक क्याम्पमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । 

ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न बहराइन सरकारले अनुरोध गरेको छ । सङ्क्रमितले क्वारेन्टाइनमा बस्न नमानेमा एक हजारदेखि १० हजार बहराइन दिनार जरिबाना हुनेछ । कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गर्न सकिन्छ । 

कुवेत 

कुवेत सरकारले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ । रेस्टुरेन्टदेखि शिक्षण संस्था समेत बन्द गरिएका छन् । गएको शुक्रबार रातिदेखि कुवेतले सबै व्यावसायिक उडान पनि बन्द गरेको छ ।  कुवेतमा हालसम्म सङ्क्रमित सङ्ख्या १ सय ४८ पुगेको छ भने निको भएर घर फर्किएकाहरु १८ जना रहेका छन् । १ सय ३० जना अस्पतालमा उपचाररत छन् । 

कुवेत सरकारले भेला भएर नबस्न आग्रह गर्दै कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्न अनुरोध गरेको छ । स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गरि आफ्नो अवस्थाबारे जानकारी गराउन सकिनेछ । कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोला । 

ओमान

ओमानमा हालसम्म सङ्क्रमित सङ्ख्या ४८ पुगेको छ भने १३ जना निको भएर घर फर्किएका छन् ।  ३५ जना अस्पतालमा उपचाररत अझै छन् । ओमान सरकारले सार्वजनिक ठाउँमा भिडभाड नगरी सुरक्षित भएर बस्न अनुरोध गरेको छ । 

ओमान सरकारले निर्देश गरेको वा कम्पनीको निर्देशन पालना गर्नुहोस् । कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक