2026-10-17 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्केकाले क्वारेन्टाइनमा बसेर सहयोग गरिदिन वैदेशिक रोजगार वोर्डको आग्रह

चैत १६, काठमाडौं । वैदेशिक रोजगार वोर्डले हालै वैदेशिक रोजगारबाट फर्केका युवालाई निश्चित अवधिसम्म एकान्तवासमा बस्न आग्रह गरेको छ । विदेशबाट फर्किएकाहरुमा कोरोना भाइरसको सङ्क्रमण बढ्ने आशङ्कामा वोर्डले एक सूचना जारी गर्दै एकान्तवासमा बस्न आग्रह गरेको हो ।

नेपालमा अहिलेसम्म विदेशबाट फर्केका व्यक्तिमा मात्र कोरोनाको सङ्क्रमण देखिएको अवस्थामा वोर्डले गन्तव्य मुलुकबाट भर्खरै स्वदेश फर्केका युवालाई १४ दिन क्वारेन्टाइनमा बसेर सहयोग गर्न आग्रह गरेको हो ।

क्वारेन्टाइन अवधिपछि मात्र आफ्ना परिवार, साथीभाई तथा आफन्तसँग भेटघाट गरिदिन पनि बोर्डले अनुरोध गरेको छ । वोर्डले एक्कासि उच्च ज्वरो आएमा, श्वास फेर्न गाह्रो भएमा वा निरन्तर खोकी लाग्ने समस्या देखिएमा तत्कालै स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउन पनि अपिल गरेको छ ।

कोरोनाका कारण विश्व समुदाय नै आक्रान्त बनेको अवस्थामा आफू जहाँ भए पनि अनुशासित भई सरकारको निर्देशन पालना गर्न पनि वोर्डले आग्रह गरेको छ । सरकारले कोरोना भाइसरको सङ्क्रमण बढ्न सक्ने भन्दै पहिलो चरणमा यही चैत १८ गतेसम्म लकडाउन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु