2026-10-17 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा ४ नेपाली कामदारलाई कोरोना संक्रमण

चैत २३, काठमाडौँ | साउदीमा कार्यरत ४ नेपाली कामदारलाई कोरोना संक्रमण भएको छ । साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण आइतबार उपलब्ध गराएको हो । संक्रमितहरुको व्यक्तिगत विवरण भने खुलाईएको छैन । 

आइतबारको पछिल्लो रेकर्ड अनुसार साउदीभर कोरोना भाइरसबाट संक्रमितको संख्या २३ सय ७० छ । शनिबार मात्र १४० जनामा कोरोना संक्रमण देखिएको थियो । साउदी स्थित नेपाली दुतावासले शनिबार एक सूचना जारी गर्दै राजधानी रियादमा मात्र ६६ जनामा संक्रमण भएको जानकारी गराएको थियो । सूचना अनुसार कूल संक्रमितहरुमध्ये हालसम्म ४२० जना निको भएका छन् । साउदीमा कोरोनाको कारण हालसम्म २९ जना संक्रमितको मृत्यु भएको छ । 

दूतावासका अनुसार कोरोना भाइरसको संक्रमण रोक्न साउदी सरकारले शनिबारबाट लागू हुने गरी जेद्दाका विभिन्न क्षेत्रमा २४ घण्टे कर्फ्यू जारी गरेको छ । रियाद र दमाम क्षेत्रमा दिउँसो ३ देखि बिहान ६ बजेसम्म मात्रै कर्फ्यू लगाएको छ । शनिबारको सूचना अनुसार दूतावासले कर्फ्यूको समयलाई पूर्ण पालना गर्नु नेपाली समुदायलाई आग्रह गरेको छ ।

दुतावासले आवासीय परिचयपत्र (अकामा) को म्याद सकिएका कामदारको अकामा तीन महिनाका लागि स्वत: नवीकरण हुने समेत जानकारी दिएको छ । सूचना अनुसार मार्च १८, २०२० वा सो पछि अकामाको म्याद सकिएकाहरु र जून ३०, २०२० सम्म म्याद सकिनेहरुका लागि यो सुविधा उपलव्ध हुनेछ । यो व्यवस्थाले साउदी भित्र वा बाहिर भएका सबैलाई समेट्ने निर्देशकको कार्यालयले जनाएको छ ।अकमाको स्वतः नवीकरणको जानकारी टेलिफोनमा सन्देश पठाई गरिने समेत व्यवस्था गरिएको उक्त सूचनामा उल्लेख छ ।

दुतावासको सूचना यहाँ क्लिक गरि हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु