2026-10-17 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा नेपालीहरुको अवस्था बुझ्न परराष्ट्रमन्त्री र साउदीका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

चैत २७, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले साउदी अरेबिया अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन परहान अल सउदसँग आज टेलिफोन वार्ता गर्नुभएको छ ।

विश्वका १९ देशका सरकार र तिनका केन्द्रीय बैंकका गभर्नर सदस्य रहेको अन्तरराष्ट्रिय मञ्च (समूह–२०) को अध्यक्ष राष्ट्रका हैसियतमा साउदी अरेबियाले कोभिड–१९ को महामारी फैलिएका बेला सदस्य देशहरुलाई भिडियो कन्फ्रेन्सिङका माध्यमबाट एकजुट गराएकामा त्यसको सराहना गर्दै मन्त्री ज्ञवालीले आप्रवासी नेपाली श्रमिकको हेरविचार गरेकामा कृतज्ञता ज्ञापन गर्नुभयो ।

सङ्कटको वर्तमान घडीमा नेपाली श्रमिकलाई सामाजिक सुरक्षा र स्वास्थ्य सेवा आवश्यक पर्नसक्ने भएकाले  त्यसतर्फ विचार गर्न मन्त्री ज्ञवालीले राजकुमार सउदसँग अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली श्रमिकको हित, रोजगारी तथा सुरक्षाका निम्ति पनि उहाँले राजकुमार सउदलाई अनुरोध गर्नुभयो ।

प्रत्युत्तरमा साउदी राजकुमारले आफ्ना नागरिकसरह नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गरिएको र उनीहरुको रोजगारी तथा सुरक्षाप्रति आश्वास्त पार्नुभयो । उहाँले नेपाली श्रमिकको इमानदारी, लगनशीलता, परिश्रम र विनम्रताको प्रशंसा गर्नुभयो ।

ठूलो सङ्ख्यामा साउदी अरेबियामा रहेका आप्रवासी नेपाली श्रमिकले त्यहाँको आर्थिक उन्नयन उल्लेखनीय योगदान गर्दै आएका छन् जसले दुई देशबीचको सम्बन्धलाई सुदृढ तुल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु