2026-09-25 11:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ज्यू, ‘कृपया हामीलाई यो नर्क बाट उद्धार गरियोस्’

सम्माननीय प्रधानमन्त्री ज्यू , 

विदेशी भुमि युएईबाट पत्र लेख्दैछु, 

विश्व नै लकडाउन भएको अवस्थामा हजुरलाई हाम्रो समस्याबारे पत्र लेख्दै छु, मलाई आशा छ, यो हजुरले अवश्य पढ्नुहुनेछ । किन कि मलाई थाहा छ, हजुर मात्र त्यस्तो प्रधानमन्त्री हो, जसले भित्री सानातिना कुरा छोडेर देशलाई विकास गर्नुपर्छ भनेर सपना देख्नु भएको थियो, किन कि सपना नदेखि पुरा पनि त हुन्न होइन र प्रधानमन्त्री ज्यू ? त्यहाँदेखि नै हजुर हामी जस्तो धेरैको मनमा बस्नु भएको छ । 

हाम्रो समस्या भनेको कमाउन विदेश नै आउनुपर्ने बाध्यता आईपर्यो र आज भन्दा ७ महिना अघि हामी युएईको शार्झा भन्ने ठाउमा आयौं । इमिरेट्स क्याव भन्ने ट्याक्सी कम्पनीमा तर हामीलाई खाना बस्न फ्री, मासिक १५ सय दिराम तलव भनिएको थियो । यहाँ आउंदा त्यस्तो केहि रहेनछन, गाडी पाएको दिन देखि हामीलाई कम्पनीको रुमबाट पनि निकालियो । हामी काम गर्दै गयौं, तलब आउंदा १०८ दिराम आयो त्यो नेपालमा भनेको १५ सय छैन । अब त्यति पैसाले रुम भाडा ३ सय अनि खानाको ३ सय कसरी तिर्ने ? 

प्रधानमन्त्री ज्यू, नेपालबाट पैसा मगाउ ऋण मात्र छ, अनि बाध्य भएर नेपाल फर्किने प्रोसेसमा लागियो हामी ४० जना नेपाली । तसिल अदालत हुँदै एम्बेसी पनि २/३ पटक गयौं स्मरण रहोस्, प्रधानमन्त्री ज्यू, यहाँबाट नेपाली दुतावास जान ३ सय दिराम त भाडा लाग्छ, दुतावासबाट एक पटक सरहरु आएर हाम्रो कम्पनीमा वार्ता भयो । सबैलाई नेपाल पठाउने सहमति पनि भयो । यसै क्रममा हाम्रा १० जना संगैका साथीहरु नेपाल पनि जानुभयो । 

अब अहिले हाम्रो भिसा क्यान्सिल हुने अवस्थामा छ । लकडाउनले सबै बन्द छ । अनि रुमको भाडा तिर्न नसकेर बङालिले रुम लक गरेको कारण धेरै रात पार्कमा सुतेर पनि बितायौं । खानाको त कुरै गगरौं, पानी मात्र खाएर पार्कमा धेरै रात बितेका छन् ।

 कम्पनीको क्याममा बस्न जाँदा सेक्युरिटी लगाएर लखेट्छ । प्रधानमन्त्री ज्यू, अब हामी के गर्ने ? एनआरएनए को सहयोग पायौं, थोरै र रुम को भाडा तिरेर अहिले एउटा रुममा १५ जनाको दरले बसेका छौं । अब यो २० तारिख महिना पुग्दैछ ,त्यसपछि हामी बस्ने फेरि पार्कमा नै हो, प्रधानमन्त्री ज्यू ।

हामीलाइ उद्धार गरेर नेपाल लैजानुस् । हामी १४ होइन २० दिन क्वारेन्टाइनमा बस्न तयार छौं । तर हाम्रो लासलाई मरुभुमिमा बेवारिसे नबनाई दिनुस प्रधानमन्त्री ज्यू । हजुरको जस्तै बुढो बाबा आमा हामीलाई पनि कुरेर बसेका छन्, छोरा छोरी बाबा को बाटो हेर्दै बसेका छन् ।

 प्रधानमन्त्री ज्यू, कृपया हामीलाई यो नर्क बाट उद्धार गर्नुस । फेसबुकमा धेरै सहयोग मागियो, गुहार मागियो तर अपनत्व कोहिबाट मिलेन प्रधानमन्त्री ज्यू ।।

आम मानिस अनि मिडिया तथा नेताहरु ले हाम्रो बारेमा जति सोचेका छन् नि, हाम्रो अवस्था त्यो भन्दा धेरै भयावह छ । हामी कोरोनासंग भन्दा पनि आफ्नो प्राण बचाउनको लागि संघर्ष गरिरहेका छौं । यो पराई भुमिमा कहिले सास जान्छ भन्ने कुरेर बसेको अवस्था छ । किनकी न खाने छ, न बस्ने नै छ, हरेक दिन कोरोना संक्रमित ३ सय भन्दा बढि रहेको अवस्थामा हामी ३५ जनाको अवस्था कस्तो होला कल्पना गर्नुस् त प्रधानमन्त्री ज्यू । बिना रुम, बिना खाना कसैको कल्पना भन्दा बाहिर को कुरा हो यो । यो हाम्रो बारेमा दुतावासलाई सबै थाहा छ । शार्झाको इमिरेट्स क्याबको बारेमा तर उहाँहरु राम्रा सूचना निर्देशन निकाल्नु हुन्छ, सहयोग हुन्छ पीडितलाई भन्नुहुन्छ तर कल गर्दा उठाउनु हुन्न ।  हामी महिनौं देखि यस्तो समस्या मा भएको सबै जानकारी दुतावासलाई छ । हामी धेरै पटक गयौं तर पनि किन यस्तो बेवास्ता ? कि कमिसन न पाउने काम चाहिं गर्नु हुन्न र ? 

कुनै पनि दुतावासको काम के हो ? के को लागि खोलिन्छन् दुतावास ? कि झुट कागज पत्र बनाएर त्यस वापत कमिसन खानको लागि मात्र खुलेको हो र ? कि पीडितको सेवा सहयोगको लागि खोलेको हो भने हामी भन्दा पीडित अरु को होला र ? जसको आएको दिन देखि काम छैन, रुम छैन, पैसा छैन, खाना छैन । 

७ महिनादेखि अब हामी कति बोल्ने ? के भन्ने शब्द नै छैनन् । माग्दा माग्दा भिखारी भै सकियो तर न कसैले केहि गर्छन्, न कसैले अब हामी के गर्ने कहाँ जाने ? हामी पहिलो पटक होइन, विदेश, धेरै वर्ष विदेश बसियो, पैसा पठाइयो, धेरथोर राज्यलाई सहयोग गरियो तर अहिले म्यानपावरको झुटले गर्दा यहाँ फसियो । अब सहयोग कोसंगमाग्ने हो हामीले ? 

आकाशमा वाइड बडि बिमान के पैसा को लागि मात्र उड्छन् ?  के हामीलाई त्यो प्लेनले आफ्नो देश लैजान मिल्दैन र सरकार ? युएईको आकाशमा हाम्रो चन्द्र शुर्य देख्दा गर्वले छाति फुलिन्थ्यो, देशभक्ति जागेर आउंथ्यो तरयहाँ देश भक्त होइन, सबै नेता पैसा भक्त मात्र रहेछनन्, पैसा भन्दा अरु केहि नदेख्ने ? भोको पेट अनि डर सरि को बसाई अझ कोरोनाको त्राश मन नदुखाउनु होला, सत्य अनि यथार्थ यहि नै हो प्रधानमन्त्री ज्यू । 

बैशाख १, युएई ।

रमेश बुढाथोकी तथा ३० जना पीडित नेपाली, (हाल शार्झा, युएई  ) 

[email protected]


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक